भ्रष्टाचारविरुद्धको लडाइँ सुरु भएको छ, यो रोकिँदैन : प्रधानमन्त्री प्रचण्ड
सुर्खेत । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँ सुरु भएको बताएका छन् ।
वीरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँ नरोकिने पनि बताएका हुन् । यसमा सबै राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले क्रान्तिकारीहरुले चनाखो र अझ ठूलो मोर्चा बनाउनुपर्ने बताए । कम्युनिस्ट आन्दोलनलगायतका विभिन्न आन्दोलनले नै नेपालमा परिवर्तन ल्याएको भन्दै उनले समाजवादी मोर्चा बनाउँदा अरूभन्दा आफू बढी खुसी भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले विप्लवको सुरक्षा घेरामा आफूले जनयुद्ध अगाडि बढाएको उल्लेख गरेका छन् । तर आफूहरु एक ठाउँमै रहेर अघि बढ्न नसकेको प्रति उनले चिन्ता व्यक्त गरे ।
प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चाले थप उत्साहित भएको बताए । 'यो मोर्चा एक ठाउँमा भएर लड्दा भ्रष्टाचारविरुद्धको लडाइँ, सुशासनको लडाइँ सफल हुन्छ । अहिले धारे हात लगाएर हेरिरहेका छन् । उनीहरु नक्कली कम्युनिस्ट हुन्', एमाले परिवर्तनको पक्षमा नरहेको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले परिवर्तनको पक्षमा अग्रसर हुनु आफ्नो प्रमुख लक्ष्य रहेको बताए । उनले भने,'म राम्रो काम गर्छु, कसले हटाउँदो रहेछ हेर्छु ।'
प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धमा अग्रसर हुँदा कांग्रेस, एमालेलाई लक्षित गरेको भन्ने भनाई सहि नभएको दाबी गरे । माओवादीकै र स्वयं प्रचण्डकै त्यस्तो विषय आएपनि नछोड्न भनिएको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले राम्रो काम गरेको प्रतिक्रियावादी र दलालहरुलाई सह्य नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण