आफ्नै वडाबाट माओवादी विशेष अभियानको सुरु हुनेभएपछि चन्द्रागिरि–२ का वडाध्यक्ष दंग
काठमाडौँ । माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान आफ्नो वडाबाट सुरु गर्न लागिएकोमा चन्द्रागिरि–२ का वडाध्यक्ष भाइकृष्ण तामाङ दंग परेका छन् ।
आफ्नै वडाबाट सिंगो माओवादी रूपान्तरण अभियानको सुरूवात हुने भएपछि उनी दंग परेका हुन् । उनी अहिले अभियान तयारी बैठकमा बस्ने, केन्द्रीय नेताहरू वडाको अवस्थाबारे जानकारी गराउने, नेताहरूको व्यवस्थापन लगायत काम व्यस्त छन् । बिहीबार अभियान तयारी वडास्तरमा कसरी गर्ने भन्ने सम्बन्धमा विस्तारित बैठक राखेका थिए । समारोहस्थल व्यवस्थापन तयारीमा उनलाई भ्याइनभ्याइ थियो ।
रूपान्तरण अभियानको उद्घाटन आफ्नै वडाबाट हुनेमा कल्पना नगरेपनि अध्यक्ष प्रचण्डलाई ल्याउन उनले पहल गरेका थिए ।
‘अध्यक्षज्यूले काठमाडौँकै कुनै एक वडामा जाने इच्छा देखाउनुभएकाले उहाँलाई हाम्रो वडामा ल्याउन प्रस्ताव गरेका थियौं । काठमाडौँमा माओवादी केन्द्रले प्यानलै जितेको वडा हाम्रो मात्र हो । अहिलेमात्र होइन अघिल्लो निर्वाचनमा पनि माओवादीले जितेको थियो । यो क्षेत्र उहाँको निर्वाचन जितेको क्षेत्र पनि हो । यी सबै हिसाबले अध्यक्षज्यूलाई ल्याउन हामीले बारम्बार पहल गरेका थियौं । तर अभियान नै यहीँबाट हुने भएपछि हामी निकै खुसी छौं’, रातोपाटीसँग उनले भने ।
विशेष अभियानपछि माओवादी फेरि जाग्ने उनको विश्वास छ । व्यवस्था परिवर्तनको नेतृत्व माओवादीले गरेकाले अब अवस्था परिवर्तनको नेतृत्व माओवादीले नै गर्ने उनको जिकिर छ । उनले पार्टी मात्र रूपान्तरण नभई देशकै रूपान्तरणका लागि माओवादी फेरि जाग्ने जिकिर गरे ।
साउन (१७–२१) काठमाडौँमा बसेको माओवादी केन्द्रीय समिति बैठकले पदाधिकारीसहित सम्पूर्ण केन्द्रीय सदस्यलाई वडामा खटाउने निर्णय गरेको थियो । प्रचण्डले सात प्रदेशको सात वडामा जाने घोषणा गर्दै केन्द्रीय सदस्यहरूलाई समेत वडामा गएर काम गर्न निर्देशन दिएका थिए ।
गतवर्ष भएको स्थानीय तह निर्वाचनमा उनीसहित माओवादी केन्द्रले प्यानलै जितेको थियो । तामाङले कांग्रेसका उम्मेदवार अर्जुनबहादुर तामालाई २२४ मतान्तरले पराजित गरी विजयी भएका थिए । उनले ९४९ मत पाउँदा अर्जुनले ७२५ मत पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण