म्यानचेस्टर सिटीबाट चेल्सीमा बसाई सरे पाल्मर
काठमाडौँ । इङ्ल्यान्डको यू—२१ राष्ट्रिय फुटबल टोलीका प्रभावशाली सदस्य कोल पाल्मर इङ्लिस प्रिमियर लिग क्लब चेल्सीमा आबद्ध भएका छन् । चेल्सीले उनलाई चार करोड २५ लाख ब्रिटिस पाउन्डमा क्लबमा आबद्ध गरेको हो ।
२१ वर्षीय आक्रामक मिडफिल्डर पाल्मर यसअघि म्यानचेस्टर सिटीबाट व्यवसायीक फुटबल खेल्थे । उनी सन् २०२० मा म्यानचेस्टर सिटीमा आबद्ध भएका थिए । चेल्सीले पाल्मरसँग सात वर्षका लागि सम्झौता गरेको समाचारमा जनाइएको छ ।
इङ्ल्यान्डले यू—२१ युरोपियन च्याम्पियनसिपको उपाधि जित्दा पाल्मर टोलीको महत्त्वपूर्ण सदस्य थिए । उनी म्यानचेस्टर सिटीको एकेडेमीका उत्पादन हुन् । पाल्मर सन् २०१० देखि सन् २०२० सम्म म्यानचेस्टर सिटीको युवा टोलीमा थिए ।
‘चेल्सीबाट व्यवसायी फुटबल खेल्न म निकै उत्साही छु । चेल्सीमा आबद्ध हुन पाउनु मेरा लागि महत्त्वपूर्ण उपलब्धि पनि हो,’ नयाँ क्लबमा आबद्ध भएपछि पाल्मरले भनेका छन्, ‘मेरो विचारमा चेल्सी भनेको युवा खेलाडीहरुका लागि आफ्नो प्रतिभा देखाउने उपयुक्त थलो हो ।’
यूईएफए सुपर कपमा म्यानचेस्टर सिटीले स्पेनिस क्लब सेभिललाई हराउँदा पाल्मरले पनि गोल गरेका थिए । यसैगरी कम्युनिटी शिल्डमा म्यानचेस्टर सिटी आर्सनलसँग पराजित हुँदा पनि पाल्मरले गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण