बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

भारत : चट्याङमा परी १० जनाको मृत्यु

आइतबार, १७ भदौ २०८०, ०९ : ४२
आइतबार, १७ भदौ २०८०

भारतको ओडिशामा चट्याङमा परी कम्तीमा १० जनाको मृत्यु भएको खबर छ । समाचार एजेन्सी पिटिआईका अनुसार शनिवार राज्यका थुप्रै इलाकामा भारी वर्षा भएको र त्यति बेला ६ पटक चट्याङ पर्दा कम्तीमा १० जना मारिएका छन् ।

विशेष राहत आयुक्तको कार्यालय अनुसार खोरधा जिल्लामा चार जना र बलाङ्गीरमा दुई जनाको मृत्यु भएको हो । 

यस्तै, अंगुल, बौध, जगतसिंहपुर र ढेंकानाल जिल्लामा कम्तीमा एक जनाको मृत्यु भएको छ । खोरधा जिल्लामा तीन जना घाइते भएको खबर छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप