टी-२० महिला विश्वकप छनोट : नेपालको लगातार तेस्रो जित
काठमाडौँ । आईसीसी टी-२० महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ । मलेसियामा जारी प्रतियोगिताको आफ्नो तेस्रो खेलमा आइतबार नेपालले भुटानलाई तीन विकेटले पराजित गर्यो ।
यसअघि बिहीबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले आयोजक मलेसियालाई पाँच रनले हराएको थियो । नेपालले आफ्नो दोस्रो खेलमा शुक्रवार बहराइनलाई १० विकेटले पराजित गरेको थियो ।
आइतबारको खेलमा हारी पहिलो ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ३९ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १३.२ ओभरमा सात विकेट गुमाएर ४१ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो ।
नेपालको जितमा कप्तान रुबिना क्षेत्रीले १२ रनको योगदान गरिन् । उनले २३ बलको सामना गरी एक चौका पनि हिर्काइन् । अन्य ब्याट्रले भने दोहोरो सँख्यामा रन बनाउन सकेनन् । कविता जोशीले नौ, सीता राना मगरले आठ र पूजा महतोले तीन रन बनाए ।
नेपालका पाँच खेलाडीले त खातासम्म खोल्न सकेनन् । नेपालले अतिरिक्त रूपमा नौ रन पाएको थियो । भुटानका बलर अञ्जुली घालीले तीन र छिरिङ जाङ्मोले दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भुटानका लागि डेचन वाङ्मोले २१ रन बनाइन् ।
कप्तान डेचनले ४४ बलको सामना गरी एक चौका पनि प्रहार गरिन् । छिरिङ् जाङ्मोले पनि ६ रन बनाइन् । नेपाली बलर पूजा महतोले तीन विकेट लिइन् । कविता कुँवर, रुविना क्षेत्री र खुसी डंगोलले एक/एक विकेट लिए । भुटानले अतिरिक्त रूपमा सात रन पाएको थियो ।
अब नेपालले मंगलबार कतार र बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको समूह ‘बी’ मा भने चीन, हङ्कङ, कुवेत, म्यानमार र थाइल्यान्ड रहेका छन् । दुबै समूहको शीर्ष दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको फाइनल पुग्ने दुई टोलीले टीट्वान्टी महिला विश्वकपका लागि विश्वस्तरीय छनोट प्रतियोगिता खेल्न पाउने छन् । टीट्वान्टी महिला विश्वकप सन् २०२४ मा बंगलादेशमा आयोजना हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण