गैँडाको खागजस्तो देखिने वस्तुसहित चार जना पक्राउ
काठमाडौँ । अवैध रूपमा गैँडाको खाग ओसारपसार तथा खरिद बिक्री गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रूपमा खरिद बिक्री गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका वडा नं। ७ बस्ने ३० वर्षीय प्रदीप मगर, रामेछाप मन्थली नगरपालिका वडा नं. ७ बस्ने ५० वर्षीय पूर्णसिंह तामाङ, काठमाडौँ बुढानीलकण्ठ नगरपालिका वडा नं। १३ बस्ने ३१ वर्षीय श्रीकृष्ण नगरकोटी र नुवाकोट दुप्तेश्वर गाउँपालिका वडा नं। १ बस्ने ३५ वर्षीय कर्ना तामाङ रहेका छन् ।
ब्यूरोको महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–७ हरहर महादेव स्थानबाट दुई जना तथा अनुसन्धानको क्रममा खुल्न आएका थप दुई जनालाई पक्राउ गरेको थियो । उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालयमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण