इन्जिनियरिङ अध्ययन संस्थानमा आन्दोलनरत विद्यार्थी र त्रिविबीच ४ बुँदे सहमति, आन्दोलन स्थगित
काठमाडौँ । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानमा शुल्क वृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थी र त्रिभुवन विश्वविद्यालय सम्बद्ध पदाधिकारीहरुबीच ४ बुँदे सहमति भएको छ । दुईपक्षबीच आइतबार ४ बुँदे सहमति भएको हो ।
सहमतिहरुमा संस्थानले हाल वृद्धि गरेको शुल्क फिर्ता लिने, इन्जिनियरिङ विषय अध्ययन गर्न सबै क्षेत्रको पहुँच विस्तार हुनेगरी कर्णाली र मधेश प्रदेशमा श्रोत साधन सम्पन्न क्याम्पसहरु स्थापना गर्न प्रक्रिया अघि बढाउने, इन्जिनियरिङ अध्ययन संस्थानको विद्यमान आर्थिक संकटलाई समाधान गर्न इन्जिनियरिङ अध्ययन संस्थानभित्र सर्वपक्षीय समिति बनाई विभिन्न विकल्पमा छलफल गरी समाधान गर्ने, स्वतन्त्र विद्यार्थी युनियन पुल्चोक क्याम्पस र अनेरास्ववियुले आयोजना गरेका सबैखाले आन्दोलनका कार्यक्रमहरु आजैका मितिदेखि फिर्ता लिने रहेका छन् ।
चार बुँदे सहमतिसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको र सोमवारदेखि क्याम्पसमा पठनपाठन सुरु हुने पुल्चोक इन्जिनियरिङ क्याम्पसका स्ववियु सभापति विराज अर्यालले जानकारी दिएका छन् । संस्थानका विद्यार्थीहरु केही हप्ता अघिदेखि शुल्क वृद्धिको विरोधमा आन्दोलनरत रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
-
पहाडी क्षेत्रका स-साना खोलामा आकस्मिक बाढीको सम्भावना
-
पोखरामा ध्वनि प्रदूषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ७७३ सवारी साधन कारबाहीमा
-
५ वर्षभित्र जीडीपीमा निर्यातको हिस्सा २० प्रतिशत पुग्ला ?
-
७ लाख ५० हजार घुससहित सिँचाइ कार्यालय सर्लाहीका डिभिजन प्रमुख र अधिकृत पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण