विश्वकप क्रिकेटका लागि भारतीय टोलीको घोषणा
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताका लागि भारतीय टोलीको घोषणा गरिएको छ । विश्वकप क्रिकेटको १३औं संस्करण अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमै आयोजना हुँदैछ ।
रोहित शर्माको कप्तानीमा विश्वकपका लागि घोषणा गरिएको भारतीय टोलीमा युवा र अनुभवी खेलाडीको समिश्रण रहेको छ । हाल श्रीलंकामा एसिया कप खेलिरहेको टोलीका खेलाडीहरुलाई समेटेर नै विश्वकपका लागि भारतीय टोलीको घोषणा गरिएको छ ।
तर, एसिया कप खेलिरहेका केही खेलाडीलाई भने विश्वकपका लागि घोषित टोलीबाट हटाइएको छ । मध्यक्रमका ब्याट्सम्यान तिलक वर्मा, तीव्र गतिका बलर प्रसिद्ध कृष्णा र सञ्जु सामसनलाई विश्वकपका लागि घोषित टोलीमा समावेश गरिएको छैन ।
घोषित भारतीय टोलीमा रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, इशान किसन, केएल राहुल, हार्दिक पाण्डेया (उपकप्तान), सूर्यकुमार यादव, रविन्द्र जडेजा, अक्सर पटेल, सार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सामी, मोहम्मद सिराज र कुलदिप यादव रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण