शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश सभामुख घर्ती र उपाध्यक्ष लामाबीच भेटवार्ता

मङ्गलबार, १९ भदौ २०८०, १६ : ०२
मङ्गलबार, १९ भदौ २०८०

लुम्बिनी । संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा र लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्तीबीच भेटवार्ता भएको छ । सोमबार लुम्बिनीस्थित कोषको प्रधान कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा सभामुख घर्तीले उपाध्यक्ष लामालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । सो अवसरमा सभामुख घर्तीले लुम्बिनी क्षेत्रको विकासका लागि प्रदेश सरकार ऐक्यबद्ध रहेको बताए। उपाध्यक्ष लामाले लुम्बिनी विकास गुरु योजना पूरा नभएको भन्दै गुरु योजनाको लक्ष्य यथाशीघ्र पूरा गर्ने बताए । 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप