आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सिंहदरबारमा प्रचण्ड–ओली भेटवार्ता

मङ्गलबार, १९ भदौ २०८०, १६ : ०५
मङ्गलबार, १९ भदौ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र पुर्वप्रधानमन्त्री समेत रहेका ओलीबीच झण्डै आधा घण्टा भेटवार्ता भएको हो । 

प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्तामा विभिन्न विधेयक लगायतका विषयमा कुराकानी भएको बुझिएको छ । त्यसक्रममा नेताहरुबीच प्रधानमन्त्रीको आसन्न अमेरिका र चीन भ्रमणका बारेमा समेत सामान्य कुराकानी भएको बुझिएको छ । प्रधानमन्त्री प्रचण्ड दुई सातापछि संयुक्त राष्ट्रसंघ तथा चीन भ्रमणमा जाँदैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप