साउदी अरब र ईरानले एकअर्काको देशमा पठाए राजदूत
रियाद । ईरान र साउदी अरबलेले कूटनैतिक सम्बन्ध पुनर्स्थापना भएपछि पहिलोपटक एकअर्काको देशमा राजदूत पठाएका छन् । साउदी अरबको सरकारी समाचार एजेन्सी एसपीएले यसबारे जानकारी दिँदै साउदी राजदूत अब्दुल्लाह बिन सऊद अल–अंजी तेहरान पुगेको बताएको हो ।
यसअघि ईरानका राजदूत अलीरेजा एनायाती रियाद पुगेका थिए । यहाँ साउदी अरब विदेश मन्त्रालयका अधिकारीहरूले उनको स्वागत गरेका थिए । दुई देशका राजदूतहरूले द्विपक्षीय सम्बन्ध अगाडि बढाउन उनीहरूको प्राथमिकता रहेको बताएका छन् ।
यसै वर्षको मार्चमा चीनका मध्यस्थतामा ईरान र साउदी अरब सन् २०१६ देखि टुटेको कूटनीतिक सम्बन्ध पुनर्स्थापना गर्न सहमत भएका थिए । सन् २०१६ मा साउदी अरबमा एक शिया धर्मगुरुलाई फाँसी दिएपछि ईरानी प्रदर्शनकारी साउदी अरबको दूतावासमा घुसेका थिए । त्यस घटनापछि दुई देशको कूटनीतिक सम्बन्ध टुटेको थियो ।
ईरानले आधिकारिकरुपमा जुन महिनामा साउदी अरबमा आफ्नो दूतावास पुनः खोलेको थियो । त्यसपछि जेद्दाहमा ईरानले आफ्नो वाणिज्य दूतावास खुला गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण