आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीद्वारा सर्वसाधारणलाई राधाकृष्ण रथयात्रा लक्षित ११ बुँदे सुझाव

बुधबार, २० भदौ २०८०, १८ : ०१
बुधबार, २० भदौ २०८०

विराटनगर । विराटनगरमा बिहीबार हुने राधाकृष्ण रथयात्रालाई लक्षित गरेर प्रहरीले सर्वसाधारणलाई ११ बुँदे सुझाव दिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार एक सूचना जारी गर्दै सर्वसाधारणलाई ११ बुँदे सुझाव दिएको हो । 

राधाकृष्ण रथयात्रामा लाखौँको संख्यामा श्रद्धालु भक्तजनको उपस्थिति हुने र उक्त समारोहमा हुने भिडभाडको फाइँदा उठाउँदै आपराधिक प्रवृत्तिका मानिसहरूबाट चोरी, लुटपाट, पाकेटमारी लगायतका अवाञ्छित गतिविधि हुनसक्ने प्रहरीले जनाएको छ । 

यस्तै रथयात्राका क्रममा भागदौड मच्चिई मानवीय दुर्घटना हुनसक्ने, बालबच्चाहरू हराउन सक्ने, वृद्ध वृद्धाहरू घाइते हुनसक्ने जोखिम रहेको भन्दै प्रहरीले सचेत गराएको हो । 

प्रहरीले बहुमूल्य गरगहनाहरू नलगाउन, नगद र बहुमूल्य सामाग्रीहरू साथमा नल्याउन, रथयात्राको मार्ग (राधाकृष्ण मन्दिर (तिनपैनी चोक–ट्राफिक चोक–रोडशेष चोक–बसपार्क–महेन्द्र चोक–भृकुटी चोक– बरगाछी चोक–दुर्गा चोक हुँदै राधाकृष्ण मन्दिर) र समारोहस्थल वरपर सवारी साधन पार्किङ नगर्न आग्रह गरेको छ । यस्तै सवारी साधनहरूमा ह्यान्डल लक, ह्विल लकलगायतका सुरक्षाका अतिरिक्त विधिहरु अपनाउन, सीसीटीभी तथा मानिसको निगरानी रहेको सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, आफ्नो साथमा बालबालिकाहरू लिई समारोहमा नआउन, वृद्धवृद्धाले साथमा सहयोगी लिएर मात्र आउन प्रहरीले आग्रह गरेको छ । 

भीडभाडको फाइँदा लिएर महिला तथा बालबालिकाहरूमाथि हुनसक्ने दुर्व्यवहारप्रति सजग रहन आग्रह गर्दै प्रहरीले घरका सबै सदस्यहरु एकैपटक रथयात्रामा नआउन भनेको हो । 

रथयात्रामा चोरी, लुटपाट, दुब्र्यवहारलगायतका समस्या भएमा वा कसैको गतिविधि शङ्कास्पद लागेमा तत्काल नजिकैको प्रहरी वा प्रहरी कन्ट्रोलको १०० नम्बरमा जानकारी दिन पनि अपिल आग्रह गरेको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप