बैंकहरुले आइतबारदेखि स्थानीय तहको पैसा निक्षेपमा गन्न पाउने
काठमाडौँ । आगामी आइतबारदेखि बैंक तथा वित्तीय संस्थाहरूले स्थानीय तहको पैसालाई पनि निक्षेपको रूपमा गणना गर्न पाउने भएका छन् । अर्थ मन्त्रालयको स्वीकृतिमा केन्द्रीय बैंकले आइतबारदेखि स्थानीय तहमा जाने पैसालाई बैंकहरुले निक्षेपको रूपमा गणना गर्न पाउने सुविधा प्रदान गर्ने भएको हो ।
शुक्रवार अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै आइतबारदेखि स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न दिन निर्देशन गरेको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले केही दिनअघि स्थानीय तहको ६० प्रतिशत रकम बैंकहरुले निक्षेपमा गणना गर्न पाउने निर्णय गराएका थिए ।
सोही व्यवस्था आइतबारदेखि कार्यान्वयनमा लैजान शुक्रवार अर्थ मन्त्रालयले केन्द्रीय बैंकलाई पत्राचार गरेको हो । यसअघि गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म बैंकहरुले स्थानीय तहको ८० प्रतिशत रकमलाई निक्षेपको रूपमा गणना गर्दै आएका थिए । तर, सो व्यवस्था चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिले खारेज गरेसँगै बैंकहरु तनावमा थिए ।
बैंकहरुले यस्तो स्थानीय तहको पैसालाई निक्षेपको रूपमा गणना गर्न पाउनुपर्ने माग राख्दै आएका थिए । यसरी अर्बौको रकमलाई निक्षेपमा गणना गर्न नपाउँदा बैंकहरुलाई कर्जा निक्षेप अनुपात (सीडी रेसियो), अनिवार्य नगद अनुपात (सीआरआर), एसएलआर जस्ता मापदण्डमा रही कर्जा प्रवाहमा सकस परेको छ ।
जसले गर्दा निक्षेप तान्न ब्याजदर वृद्धिको अस्वच्छ प्रतिस्पर्धामा नै उत्रिने देखिए पनि अर्थ मन्त्रालयले निक्षेपको ढोका खोल्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण