इंग्ल्याण्डमाथि न्युजिल्याण्डको शानदार जीत
कार्डिफ । एकदिवसीय शृङ्खलाको पहिलो खेलमा न्युजिल्याण्डले इंग्ल्याण्डलाई ८ विकेटले पराजित गरेको छ । इंग्ल्याण्डले प्रस्तुत गरेको २९२ रनको लक्ष्य न्युजिल्याण्डले २६ बल बाँकी छँदै मात्र दुई विकेटको क्षतिमा पछ्याएको हो ।
न्युजिल्याण्डका लागि डेभन कनवे र डेर्यल मिचेलले शतक बनाउँदै जीतको आधार तय गरे । प्लेयर अफ द म्याच घोषित कनवेले १२१ बलमा १११ रन बनाए । उनले यसक्रममा १३ चौका र १ छक्का हिर्काए ।
त्यस्तै, मिचेलले मात्र ९१ बलमा ११८ रन बनाए । उनले ७ चौका र ७ छक्का हिर्काए । विल यङ र हेनरी निकोलसले क्रमशः २९ र २६ रनको योगदान दिए । इंग्ल्याण्डका लागि डेभिड विली र अदिल रसिद एक–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २९१ रन बनाएको थियो । टोलीका लागि कप्तान जोस बट्लरले सर्वाधिक ७२ रन बनाए । त्यस्तै, डेविड मलानले ५४ रन बनाउँदा बेन स्टोक्स र लियाम लिभिङस्टोनले समान ५२–५२ को स्कोर बनाए ।
न्युजिल्याण्डका लागि रचिन रवीन्द्रले ३ तथा टिम साउथीले २ विकेट लिए । जीतसँगै न्युजिल्याण्डले चार खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण