हाम्रो सोचाई र नाकको उचाइ
हाम्रो घरमा चिनी सकिदा
कचौरा बोकी तिम्रो घर पुग्दा
कहिल्यै नापेनौ हामीले
एक अर्काको उचाइ नाकको ।
हामी घाँस दाउरा गर्न जाँदा
हाम्रा छोरा छोरीहरू
एउटै सिल्भरे थालमा
जुठो खाँदै
भाँडाकुटी खेल्थे दिनभर ।
हाम्रो घरमा हजुरबुवा खस्दा
तिम्रो घर सुन्ने भएको थियो
तिम्रो घर तेह्र दिन हाम्रै जस्तो
बेहाल आकाशविहीन भएको थियो
तिम्रो घरमा कोकु खस्दा
हाम्रो छोरा छोरी बेस्मारी रोएका थिए
हाम्रो छोरा छोरी ममताविहीन बनेका थिए ।
हाम्रो घरमा पूजा लाग्दा
तिम्रो परिवारमा व्रत हुन्थ्यो
तिम्रो घरमा चिन्ता बस्दा
कालो भाले खोज्न हामी लागिपथ्र्यौ
खोइ के मिलेर हो कुन्नि
कोकु बिहानै आउनुहुन्थ्यो
अनि, हजुरामा र कोकु
बाँडी बाँडी कटुवा पिउनु हुन्थ्यो ।
उही आँगन, उही गोरेटो
उही ढुङ्गा, उही धारा
उही दसैँ, तिहार
उही उधौली, उभौली
उही ल्होच्छार
उही धरती, उही आकाश
उही मेची काली
उही सगरमाथा
उही सूर्य, उही चन्द्र ।
कसले सिकायो नाप्न
उचाइ नाकको
कसले सिकायो छुट्याउन
आकार आँखाको
कसले बिर्सायो मिलाउन
मन छिमेकको ।
हाम्रो लडाई त
गरिबी विरुद्ध थियो
अशिक्षा विरुद्ध थियो
बेरोजगार विरुद्ध थियो
भ्रष्टाचार विरुद्ध थियो
कुरीति विरुद्ध थियो
भेदभाव विरुद्ध थियो
असमानता विरुद्ध थियो
कसले लडाउन खोज्दैछ
हामीलाई एक अर्का विरुद्ध ?
कसले भत्काउन खोज्दैछ
हाम्रो एकताको पर्खाल ?
हामी त सुम्निमा–पारोहाङ्ग
शिव–पार्वती एकै मानेर
बाँचिआएको युगौँ युग
मुन्दुम हाम्रै हो
वेद हाम्रै हो
त्रिपिटक हाम्रै हो
गीता, बाइबल कुरान सब हाम्रै हो
अनेक रङको यो साझा नेपाल
हाम्रै हो सूर्य चन्द्र रहेसम्म
यस्तोमा,
कसले सिकायो नाप्न
उचाइ नाकको ।
सूर्योदय नपा–२, इलाम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण