मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ अनमोलको ‘फर्कि फर्कि’को फष्टलुक टिजर

आइतबार, २४ भदौ २०८०, ०७ : २१
आइतबार, २४ भदौ २०८०

काठमाडौँं । फिल्म ‘गाजलु’ र ‘छ माया छपक्कै’ जस्ता सुपरहिट फिल्म बनाएका निर्माता रोहित अधिकारीले आफ्नो तेश्रो प्रोजेक्टको औपचारिक घोषणा गरेका छन् । ओएआर डीजिटलसँग मिलेर उनले निर्माण गर्न लागेको नयाँ फिल्म ‘फर्कि फर्कि’को फस्टलुक टिजर सार्वजनिक भएको छ । 

फस्टलुक टिजरमा अभिनेता अनमोल केसीलाई देखाइएको छ । टिजरमा अनमोल केसी आफ्नै जीवनदेखि अलमलमा परेको हेर्न सकिन्छ । फिल्ममा अनमोलको जोडीको रुपमा अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहनेछ ।

‘फर्कि फर्कि’को छायांकन लक्ष्मीपूजाबाट सुरु हुनेछ । सुयोग गुरुङको निर्देशन रहने फिल्म रोहित र ओम अग्रवालको लगानी रहनेछ । सुयोगकै कथा तथा पटकथा रहेको यो फिल्म मनोज ओली र रामु न्यौपाने सह–निर्माता, आलोक शुक्लाको छायांकन रहनेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप