यस्तो छ अनमोलको ‘फर्कि फर्कि’को फष्टलुक टिजर
आइतबार, २४ भदौ २०८०, ०७ : २१
काठमाडौँं । फिल्म ‘गाजलु’ र ‘छ माया छपक्कै’ जस्ता सुपरहिट फिल्म बनाएका निर्माता रोहित अधिकारीले आफ्नो तेश्रो प्रोजेक्टको औपचारिक घोषणा गरेका छन् । ओएआर डीजिटलसँग मिलेर उनले निर्माण गर्न लागेको नयाँ फिल्म ‘फर्कि फर्कि’को फस्टलुक टिजर सार्वजनिक भएको छ ।
फस्टलुक टिजरमा अभिनेता अनमोल केसीलाई देखाइएको छ । टिजरमा अनमोल केसी आफ्नै जीवनदेखि अलमलमा परेको हेर्न सकिन्छ । फिल्ममा अनमोलको जोडीको रुपमा अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहनेछ ।
‘फर्कि फर्कि’को छायांकन लक्ष्मीपूजाबाट सुरु हुनेछ । सुयोग गुरुङको निर्देशन रहने फिल्म रोहित र ओम अग्रवालको लगानी रहनेछ । सुयोगकै कथा तथा पटकथा रहेको यो फिल्म मनोज ओली र रामु न्यौपाने सह–निर्माता, आलोक शुक्लाको छायांकन रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण