त्रिवि सेवा आयोगका पदाधिकारीहरूलाई कार्यकक्षमा प्रवेश निषेध
काठमाडौँ । अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीहरूलाई कार्यकक्षमा रोक लगाएको छ । आफूहरूले अघि सारेका मागहरू सुनुवाइ नगरेर बेवास्ता गरेको भन्दै अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले आयोगका पदाधिकारीहरूलाई कार्यकक्षमा प्रदेश निषेध गरेको हो ।
अनेरास्ववियुले भदौ ७ गते १५ दिने अल्टिमेटम दिँदै ५ बुँदे माग आयोग अध्यक्ष समक्ष पेश गरेको थियो । उक्त मागहरूप्रति आयोगले बेवास्ता गरेको भन्दै आन्दोलन थालिएको अनेरास्ववियु त्रिवि जिल्ला कमिटी अध्यक्ष समिरराज विष्टले जानकारी दिए ।
त्रिवि सेवा आयोगले प्रयोग गर्दै आएको भवन छात्रावास प्रयोजनका लागि निर्माण गरिएको हुनाले उक्त भवन तत्काल खाली गर्नुपर्ने माग अघि सारेको थियो । तर, हालसम्म पनि भवन खाली नगरिएको भन्दै आन्दोलन गर्नुपरेको बताए ।
त्यस्तै त्रिविमा रिक्त रहेका उप–प्राध्यापक तथा कर्मचारीहरूको खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्न नयाँ विज्ञापन जारी गरिनुपर्ने, त्रिवि सेवा आयोगको विज्ञापन नम्बर १८ को अदालतबाट फैसला भई सपाइ पाइसकेका पदहरूको नतिवा प्रकाशन गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण