रोकिएकै अवस्थाबाट अगाडि बढ्नेछ भारत—पाकिस्तान खेल, वर्षाले बिथोल्ने सम्भावना कायमै

काठमाडौँ । एसिया कप क्रिकेटको ‘सुपर फोर’ चरणमा सोमबार भारत र पाकिस्तान पुनः भिड्दै छन् । भारत र पाकिस्तानबीच आइतबार भएको खेल वर्षाका कारण स्थगित भएको थियो । सोही खेल पुनः सोमबार खेलिन लागेको हो ।
जारी एसिया कपमा श्रीलङ्कामा खेलाइएको अधिकांश खेल वर्षाका कारण प्रभावित भएपछि एसियाली क्रिकेट काउन्सिल (आईसीसी) ले भारत र पाकिस्तानबीचको ‘सुपर फोर’ चरणको खेलका लागि ‘रिजर्भ डे’ को व्यवस्था गरेको थियो ।
यसअघि समूहगत चरणमा पनि भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको थियो । ‘सुपर फोर’ चरणमा आइतबार पाकिस्तानले टस जिती पहिले बलिङ गर्ने निर्णय लिएको थियो । पाकिस्तानको उक्त निर्णयपछि ब्याटिङ गर्न आएका भारतले २४.१ ओभरमा दुई विकेट गुमाएर एक सय ४७ रन बनाएको थियो ।
त्यसपछि वर्षाका कारण खेल रोकिएको थियो । लामो समय प्रतीक्षा गर्दा पनि वर्षा नरोकिएपछि उक्त खेल सोमबारका लागि सारिएको थियो । आइतबार खेल स्थगित हुँदा भारतका लागि विराट कोहली अविजित आठ र केएल राहुल अविजित १७ रन बनाउँदै क्रिजमा थिए ।
त्यसअघि ओपनर ब्याट्सम्यान रोहित शर्मा र शुभमन गिलले भारतका लागि एक सय २१ रनको साझेदारी गरेका थिए । कप्तान रोहित शर्मा ५६ रन बनाउँदै पहिलो विकेटका रूपमा पेभेलियन फर्किएका थिए । उनले ४९ बलको सामना गरी चार छक्का र ६ चौका हिर्काएका थिए ।
यसैगरी शुभमन गिल ५८ रन बनाउँदै दोस्रो विकेटका रूपमा पेभेलियन फर्किएका थिए । उनले ५२ बलको सामना गरी १० वटा चौका हिर्काएका थिए । आइतबार रोकिएकै अवस्थाबाट सोमबारको खेल अगाडि बढाइने छ ।
श्रीलंकाको राजधानी सहर कोलम्बोस्थित आर. प्रेमादासा रङ्गशालामा सोमबार पनि वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ । अहिले पनि कोलम्बोको ९५ प्रतिशत आकाश बादलले ढाकिएको छ । सोमबारको खेल नेपाली समयअनुसार, दिउँसो ३ः१५ बजे सुरु हुनेछ । त्यतिबेला वर्षाको प्रबल सम्भावना रहेको बताइएको छ ।
‘सुपर फोर’ चरणको सहभागी चारवटै टोलीले एकअर्कासँग एक—एक खेल खेल्नेछन् । यस आधारमा ‘सुपर फोर’ चरणमा प्रत्येक टोलीले तीन खेल खेल्नेछन् । त्यसपछि अंक तालिकाको सबैभन्दा माथि रहने दुई टोली प्रतियोगिताको फाइनलमा पुग्नेछन् ।
हाल एक खेल खेलेको पाकिस्तान दुई अंकसहित तालिकाको पहिलो स्थानमा छ । एक खेल खेलेको श्रीलंका दुई अंकसहित दोस्रो स्थानमा छ । भारतले हालसम्म एक खेल पनि खेलेको छैन । बङ्गलादेश भने आफूले खेलेको दुवै खेलमा पराजित भएको छ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिमाल जीवनशैलीका प्रमुख स्रोत हुन्, तिनको संरक्षण गर्नु विश्वसमुदायको दायित्व हो’
-
परराष्ट्र मन्त्रालयको सवारी मर्मतमा पाँच करोड ३२ लाख र इन्धनमा ५ करोड ३३ लाख खर्च
-
डिजिटल चीन निर्माणको कार्ययोजना सार्वजनिक
-
हेरा फेरी-३ बाट बाहिरिए ‘बाबु राव’
-
बलात्कार मुद्दामा फसेका अभिनेता एजाज खानको समस्या बढ्यो, अग्रिम जमानत अस्वीकार
-
‘मैले पढेका अचम्मै सुन्दर किताबमध्ये ‘म्यान्स सर्च फर मिनिङ’ एक नम्बरमा पर्न गयो’