विराटनगर सन्देश सभामा प्रचण्डले भने– हावाहुरीबाट आएकाहरूको बोलवाला बढेको छ
विराटनगर । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हावाहुरीबाट गाली गरेर आएकाहरू पार्टी जस्तो देखिएको बताएका छन् । चार दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा सम्बद्ध समाजवादी मोर्चाले आज विराटनगरमा आयोजना गरेको सन्देश सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘म त हेर्नै सक्दिन । चित्रहरू हेर्नै नसकिने खालका छन् । त्यस्तैहरू आएका छन् । निरङ्कुशताका दलालहरू हुन् ती । लोकतान्त्रिक दलका नेतालाई खुकुरी हान्ने ? अब मोर्चाले इँटको जवाफ पत्थरले दिने हो,’ उनले भने, ‘लाखौं जनतालाई सडकमा ल्याएर हामी जिउँदै छौँ भन्ने बनाउनुपर्यो । म राजनीतिक लडाइँमा छु । हतियारविहीन युद्धमा छु तपाईँहरूले साथ दिनु पर्यो ।’
उनले आफूले केही नयाँ गर्न खोजेको बताएका छन् । लाइसेन्स, नागरिकता, सामाजिक न्यायको क्षेत्रमा विदेशमा रहेका मजदुरहरू सामाजिक सुरक्षामा आबद्ध गर्ने, देशका अनौपचारिक क्षेत्रका श्रमिक लक्षित कार्यक्रम ल्याउन लागिएको बताउँदै उनले यो समाजवादको भ्रूण भएको दाबी गरे । मिटर ब्याज अन्त्य गर्न कानुन बनाएको, नागरिकताविहीनलाई नागरिकता बाँडिएको, भ्रष्टाचार र बेथितिको अन्त्य गर्न नक्कली भुटानी शरणार्थी, ललिता निवास र सुन तस्करी अन्त्यको लागि लागेको उनले बताए ।
समाजवादी मोर्चाको कार्यक्रमले आफूलाई उत्साह थपेको बताउँदै प्रचण्डले सयौँ वर्षदेखि थुप्रिएको फोहोर फाल्न एकै पटकमा जादु जस्तो भने नहुने बताए । यद्यपि हेल्लो सरकारमार्फत जनताको गुनासो सम्बोधनको प्रयास गरिएको समेत उनले बताए । प्रचण्डले ठुला र दीर्घकालीन महत्त्व राख्ने आयोजना निर्माणमा पनि सरकार लागेको उनको भनाइ छ ।
रोकिएको पञ्चेश्वर परियोजना अगाडि बढाएको बताउँदै उनले अब लोअर कर्णाली, चिसापानी आयोजनाको अध्ययन भइरहेको स्पष्ट पार्दै प्रचण्डले सीमा समस्या हल गर्ने, विद्युत् व्यापारलगायतका विषय भारतसँग सहमति भएको बताए । आसन्न चीन भ्रमणमा कृषि क्षेत्रको विकास र व्यापार घाटा कम गर्ने, नाकाहरू खोल्ने, चीनसँग विद्युत् व्यापारको ढोका खोल्ने विषयमा समझदारी हुने उनले बताए ।
कोशी प्रदेशको नामकरण पछि उत्पन्न समस्या समाधान गर्न आफूले प्रयास गरिरहेको बताउँदै समझदारी र वार्ताबाटै समाधान निकाल्नु पर्नेमा उनले जोड दिए । ‘सामन्तवादको विरुद्ध झन्डा उठाउने झापाबाटै इतिहासबाट मिल्काइएका राजा महाराजा आएर बोल्न कसरी साहस गरे ? कोशी प्रदेश तिरै जातीय हिसाबले भड्काउने कोसिस भइरहेको जस्तो देखिएको छ । त्यो कसरी हुँदैछ ? उनले भने । सरकारको हैसियतले ठुलो मेहनत गरेर धरानको जातीय, धार्मिक हिंसा भड्काउन खोज्नेलाई परास्त गरेको प्रचण्डले बताए ।
समाजवादी मोर्चा भनेकै पार्टी एकताको आधार बनाउनलाई बनाइएको हो । विप्लवले नेतृत्व गरेको नेकपा पनि मोर्चामा सहभागी हुनुको ठुलो महत्त्व रहेको प्रचण्डले बताए । विगतमा उपेन्द्र यादव, बाबुराम, विप्लवसँगै रहेको स्मरण गर्दै अब नयाँ आधारमा नयाँ एकता हुने बताउँदै प्रचण्डले यसको ठुलो महत्त्व रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण