भारोत्तोलनमा विकासको तीन राष्ट्रिय कीर्तिमान
काठमाडौँ । नेपाली भारोत्तोलन खेलाडी विकास भट्टले तीनवटा राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले रियादमा जारी आईडब्लूएफ विश्व च्याम्पियनसिपमा तीनवटा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।
विकासले पुरुष ८१ केजी तौलसमूहमा स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी तीनवटा राष्ट्रिय कीर्तिमान बनाएको जानकारी नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले दिए । यसअघि उक्त स्पर्धाको कीर्तिमान विकासकै नाममा थियो ।
विकासले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् । विकासले स्न्याचमा एक सय २४ केजी भार वहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरे । यसअघि उक्त स्पर्धामा एक सय २३ केजीको कीर्तिमान विकासको नाममा थियो । उनले सो कीर्तिमान १९औं एसियाली खेलकुदको अन्तिम छनोट प्रतियोगितामा बनाएका थिए ।
यसैगरी विकासले क्लिन एन्ड जर्कमा एक सय ४८ केजी वजन उठाउँदै अर्को कीर्तिमान बनाए । यसअघि उनले १९औं एसियाली खेलकुदकै पहिलो चरणको छनोटमा एक सय ४७ केजीको कीर्तिमान रचेका थिए । कुलमा उनले उठाएको दुई सय ७२ केजी पनि राष्ट्रिय कीर्तिमान हो । उनकै नाममा यसअघि दुई सय ७० केजीको कीर्तिमान थियो । विकास १९औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् ।
यसैबीच, अध्यक्ष श्रेष्ठ प्रतियोगिताका क्रममा हुने विश्व भारोत्तोलन महासंघको कोंग्रेसमा सहभागी हुन सोमबार नै रियाद प्रस्थान गरेका छन् । श्रेष्ठसंगै खेलाडी सागर भण्डारी पनि सोमबार रियाद प्रस्थान गरे । सागरले पुरुष एक सय नौ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । नेपालले १६ वर्षपछि विश्व भारोत्तोलन च्याम्पियनसिपमा सहभागिता जनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा यात्रुवाहक माइक्रोबस दुर्घटनाप्रति जनार्दन शर्माद्वारा दु:ख व्यक्त
-
स्वास्थ्य प्रतिष्ठानहरूमा उपकुलपतिको कार्यकाल फरक–फरक राखिएकोमा थपलियाको आपत्ति
-
रास्वपा सभापति रवि लामिछानेसमक्ष पुग्यो वीरगन्ज मेनरोडको मुद्दा
-
कर्णालीको संसद्मा धकेलाधकेल, सरकारले भन्यो– संसद् कुस्ती खेल्ने ठाउँ होइन
-
खामेनीको अन्त्येष्टिका क्रममा आक्रमण नगर्न अमेरिका र इजरायललाई इरानको चेतावनी
-
‘सहकारीका बचतकर्ताको पैसा फिर्ता गराउन सरकार निर्मम हुन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण