नाडा अटोशोमा पहिलोपटक ‘ई ८ एस प्रो’ र ‘एम ६’ ल्याउँदै याडिया
_q99Gdm5oWe.png)
काठमाडौँ । कोरोना महामारीका कारण प्रभावित बनेर पुनः सुरु हुन लागेको नाडा अटो शो २०२३ मा याडियाले दुई वटा ब्राण्ड सार्वजनिक गर्ने भएको छ । कम्पनीका उमिद श्रेष्ठले अटो शो २०२३ बाटै यी दुई उत्पादनलाई नेपाली बजारमा सार्वजनिक गर्ने बताए ।
उनका अनुसार यी दुई ब्राण्ड अहिलेसम्म नेपाली बजारमा सार्वजनिक भएका छैनन् । याडियाको ई ८ एस प्रो एकपटकको फूल चार्जमा १५० किलोमिटरसम्म कुद्न सक्ने वेभसाईटमार्फत जानकारी दिइएको छ । यो स्कुटीको ब्याट्रीलाई टीटीफार २.० बाट प्रभावित रहेको जनाइएको छ ।
यो अटो–विकसित माइलेज स्ट्रेन्थेन प्रणाली हो । जसले समग्रतामा स्कुटीको प्रदर्शनलाई बढाउँछ । यस्तै, यो स्कुटीमा रिचार्ज सुविधाको व्यवस्था छ भने ग्राफिनि ब्याट्री समेत जडित छ । यस्तै, स्कुटीमा इनर्जी मनिटरिङ मिटर र रोलिङ रेसिस्टेन्ट टायर छ ।
कम्पनीका अनुसार स्कुटीको ६० किलोमिटर प्रतिघन्टा छ । यस्तै, ब्याट्रीको वारेन्टी २ वर्षको रहेको छ भने ८०० साइकल लाईफस्पान रहेको बताइएको छ । यसैगरी यो स्कुटीमा ६५० मिलिमिरट सिट स्पेस रहेको छ । कम्पनीका अनुसार यो स्कुटी कालो, रातो, निलो र खरानी रंगमा उपलब्ध छन् । नेपाली बजारमा यो स्कुटीको मूल्य २ लाख ३० हजार रुपैयाँ छ ।
यस्तै, कम्पनीले सार्वजनिक गर्ने एम ६ स्कुटी २ हजार किलोमिटर वा २ वर्षमध्ये जुन पहिलो हुन्छ त्यसमा वारेन्टीको व्यवस्था छ । नेपाली बजारमा यो स्कुटीको मूल्य १ लाख ७५ हजार रुपैयाँ छ । यस्तै, ४५ किलोमिटर प्रतिघन्टाको स्पिड छ भने म्याक्सिमम पावर २१ सय किलोवाट छ । यस्तै, ग्राउन्ड क्लिरेन्स १५० मिलिमिटर रहेको कम्पनीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध ४५० रोपनी जग्गा प्लटिङ, वन क्षेत्र र सार्वजनिक जग्गा रोक्का
-
दोलालघाटदेखि पचुवारघाटसम्म पहिलोपटक रिभर ट्यूबिङ्ग
-
तस्बिरमा यस्तो देखियो 'ऊनको स्विटर' को प्रिमियर
-
अब फिल्मी संगीतमा पनि खेम सेन्चुरी
-
कोशी प्रदेशः तीन महिनामा कारागार र ब्यारेकमा ६ जनाको मृत्यु
-
दलीय भागबण्डामा गरिएको पुरस्कार वितरणमा प्रेस सेन्टरको आपत्ति