डडेलधुरामा एक वडा सचिव मृत फेला
मङ्गलबार, २६ भदौ २०८०, ०८ : ३२
धनगढी । डडेलधुराको अमरगढी नगरपालिका वडा नम्बर १ का सचिव खगेन्द्रप्रसाद पन्त मृत अवस्थामा फेला परेका छन् ।
अमरगढी नगरपालिकाकै स्याउले नजिक उनी आज खाल्डोमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक कुसुम नायकले बताए ।
पन्तको से ५ प २८०३ नम्बरको मोटरसाइकल पनि खाल्डोमै भेटिएकाले दुर्घटनामा मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ ।
पन्तको शव अहिले डडेलधुरा अस्पतालमा लगिएको छ । भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ५८ वर्षीय पन्तको घर बैतडीको पाटन नगरपालिका १ हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण