इन्जिनियरिङ शिक्षाको शुल्क व्यवस्थापनबारे अन्योल कायमै
काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थानमा शुल्क व्यवस्थापनबारे अन्योल कायमै रहेको छ । स्नातक तहको शुल्क वृद्धि गर्ने संस्थानको निर्णयपछि त्रिभुवन विश्वविद्यालय र संस्थानले विद्यार्थीहरूसँग छुट्टा छुट्टै सहमति गरेका थिए ।
नेविसंघ, अखिल क्रान्तिकारी लगायतका ५ विद्यार्थी सङ्गठनहरूसँग शुल्क व्यवस्थापनबारे अध्ययन गर्न समिति बनाउने सहमति गरेको थियो । यसैगरी अनेरास्ववियु, स्ववियु लगायतसँग गरिएको सहमतिमा शुल्क वृद्धि फिर्ता लिने भन्ने थियो । शुल्क वृद्धि विवादबारे फरक फरक सङ्गठनहरूसँग फरक फरक खालको सहमति गरेको थियो ।
उक्त सहमतिप्रति विद्यार्थी संगठनका तल्ला कमिटीहरूले आपत्ति जनाउँदै आएका छन् । पुल्चोक इन्जिनियरिङ कलेजमा क्रियाशील विद्यार्थी संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै शुल्क व्यवस्थापनबारे अन्यौलता अन्त्य गर्न माग गरेका छन् ।
संस्थानले केही दिन अगाडि शुल्क व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन गरेको थियो । उक्त समितिलाई सात दिने अल्टिमेटम दिइएको थियो । तर, समिति बनेको एक साता बित्न लाग्दा समेत छलफल हुन सकेको छैन ।
विषम परिस्थितिमा सम्पूर्ण विद्यार्थीहरू एक ठाउँमा उभिनुपर्छ भन्ने सन्देशका साथ संस्थान अन्तर्गत अध्ययनरत विद्यार्थीहरू आन्दोलनमा सरिक रहेको बताएका छन् । तर, बाहिरी हस्तक्षेप र त्रिवि उपकुलपति कार्यालयसँग भएको फरक फरक सहमतिपछि शुल्क वृद्धि विरुद्धको आन्दोलनमा फरक तरङ्ग पैदा भएको उनीहरूको भनाइ छ । आन्दोलनको औचित्य र माग एउटै हुँदा हुँदै विद्यार्थीहरूलाई एक अर्कासँग लडाएर विभाजन गरिएको विद्यार्थीहरूको आरोप छ ।
विद्यार्थीहरूलाई विभाजित गराएर पुन सोही शुल्क लागु गर्ने कार्य आफूहरूको लागि मान्य नहुने पुल्चोक स्ववियु सभापति बिराज अर्यालले बताए ।
उपकुलपति कार्यालय र संस्थानका सहायक डिनको उपस्थितमा भएको सहमतिमा शुल्क वृद्धि फिर्ता लिने सहमति हुँदा हुँदै डिन कार्यालयले नाटक मञ्चन गरिरहेको बताए । सहमति पत्रमा हस्ताक्षर पश्चात् सहमति कार्यान्वयन नहुँदा नैतिकताका आधारमा स्वतः राजीनामा दिनुपर्ने बताए ।
सम्पूर्ण आङ्गिक क्याम्पसहरूको खर्च र आम्दानीको विवरण माग्दा समेत नदिएको उनको भनाई छ । शुल्क वृद्धिको ठोस र वैज्ञानिक आधार कुनै पनि क्याम्पस तथा स्वयं डिन कार्यालयले दिन नसकेको बताए ।
१० हजार विद्यार्थीले प्रवेश परीक्षाको फारम भरी परीक्षाको मिति कुरेर बसेका छन् । तर, डीन कार्यालयले हालसम्म परीक्षाबारे निर्णय गर्न सकेको छैन । पुरानै शुल्कमा प्रवेश परीक्षा र भर्ना लिन तथा समयमै प्रवेश परीक्षा सञ्चालन गर्न पुल्चोकमा क्रियाशील स्ववियुसहित ६ वटा संगठनहरूले माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण