राष्ट्रले एक शालीन, भद्र र बौद्धिक राजनीतिज्ञ गुमायो : नेता शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको असामयिक निधनले स्तब्ध बनाएको बताएका छन् ।
उनले नेम्वाङलई देशको कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने मोर्चाका अग्रणी योद्धाका रूपमा स्मरण गर्दै राष्ट्रले एक शालीन, भद्र र बौद्धिक राजनीतिज्ञ गुमाएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत शर्माले नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन र सिङ्गो पार्टी पंक्तिमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
‘नेपालको संविधान २०७२ निर्माणको जटिल अभिभारालाई कुशलता पूर्वक निर्वाह गर्ने राष्ट्रले एक शालीन,भद्र र बौद्धिक राजनीतिज्ञ व्यक्तित्व गुमाएको छ । उहाँ प्रति हार्दिक श्रद्धाञ्जली एवं शोक सन्तप्त परिवारजन, सिङ्गो पार्टी पङ्तीमा गहिरो समवेदना व्यक्त गर्दछु’, शर्माले भनेका छन् ।
नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको थियो भने बिहीबार अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण