मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रले एक शालीन, भद्र र बौद्धिक राजनीतिज्ञ गुमायो :  नेता शर्मा

मङ्गलबार, २६ भदौ २०८०, १८ : ०६
मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको असामयिक निधनले स्तब्ध बनाएको बताएका छन् । 

उनले नेम्वाङलई देशको कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने मोर्चाका अग्रणी योद्धाका रूपमा स्मरण गर्दै राष्ट्रले एक शालीन, भद्र र बौद्धिक राजनीतिज्ञ गुमाएको बताएका छन् । 

सामाजिक सञ्जालमार्फत शर्माले नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन र सिङ्गो पार्टी पंक्तिमा गहिरो समवेदना व्यक्त गरेका छन् । 

‘नेपालको संविधान २०७२ निर्माणको जटिल अभिभारालाई कुशलता पूर्वक निर्वाह गर्ने राष्ट्रले एक शालीन,भद्र र बौद्धिक राजनीतिज्ञ व्यक्तित्व गुमाएको छ । उहाँ प्रति हार्दिक श्रद्धाञ्जली एवं शोक सन्तप्त परिवारजन, सिङ्गो पार्टी पङ्तीमा गहिरो समवेदना व्यक्त गर्दछु’, शर्माले भनेका छन् । 

नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको थियो भने बिहीबार अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप