साढे १४ हजार घुससहित प्रधानाध्यापक अख्तियारको नियन्त्रणमा
मङ्गलबार, २६ भदौ २०८०, १८ : ३८

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे १४ हजार घुससहित प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको छ ।
अख्तियारको बुटवल कार्यालयले बर्दियाको सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई नियन्त्रणमा लिएको हो ।
उपाध्यायले हाजिरी गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग साढे १४ हजार घुस लिएको अख्तियारले जनाएको छ ।
सो रकम लिएको अवस्थामा उनलाई मंगलबार नियन्त्रणमा लिएको अख्तियारको भनाइ छ । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पसल बन्द गरेर आन्दोलनमा सुनचाँदी व्यवसायी (तस्बिरहरू)
-
फेसबुकमा ‘अलबिदा’ लेखेर लेखेर सम्पर्कविहीन भएका डाक्टर श्रेष्ठ बालाजुमा फेला
-
सीएसआईटीका विद्यार्थीले भोगिरहेको समस्या समाधान गर्न माग
-
अवैध आप्रवासीको डिपोर्टेसन तीव्र पार्न ट्रम्पको निर्देशन
-
अलग भए कुशल र शिवांगी
-
आफ्नो स्वार्थ पुरा गर्न योजना बैँकलाई हतियार बनाइयो : सांसद बस्नेत