नयाँ अप्रिलिया एसआर १६० अनावरण
काठमाडौँ । डेल्टा अटोकर्प प्रा. लिले नेपालका लागि नयाँ अप्रिलिया एसआर १६० ल्याएको छ । नाडा अटो शोमा यसको अनावरण गरिएको हो ।
नयाँ अप्रिलिया एसआर १६० प्राविधिकरुपमा अत्याधुनिक आई–गेट इन्जिनले सुसज्जित रहेको कम्पनीले जनाएको छ । यसलाई सवारी चालकहरूलाई उनीहरूको दैनिक सिग्नल-टू-सिग्नलको दौड जित्नको लागि एक्सेलेरेसनमा महत्त्वपूर्ण फाइदा दिन तयार गरिएको छ ।
अप्रिलिया एसआर १६० मा शक्तिशाली १६० सीसी इन्जिन छ र यो मात्र ७.५ सेकेन्ड भित्रै ० देखि ६० किलोमिटर प्रति घण्टा सहजै जान्छ । यो स्कूटर सहरी सडकहरुमा चलाउन सजिलो छ, विशेष गरी ट्राफिकमा यसले ज्यादै उपयोगी फाइदा दिन्छ । यो पूर्ण डिजिटल डिस्प्ले, आधुनिक एबीएस, टेलिस्कोपिक फ्रन्ट फोर्क, सुरक्षित र रोमाञ्चक सवारी अनुभव सुनिश्चित गर्ने अन्य सुविधाहरूले पनि सुसज्जित छ । यसको स्पोर्टी डिजाइन र उत्कृष्ट ह्यान्डलिंगले गर्दा यो शहरी चालकहरू र युवा चालकहरूका लागि एक उचित विकल्प बन्ने छ।
अप्रिलिया एसआर १६० भारतबाट सीधै आयात गरिनेछ र यो कालो, रातो, सेतो, निलो र खरानी रंगहरूमा उपलब्ध हुनेछ । यसको मूल्य रु ३ लाख ९५ हजार ९०० रुपैयाँ बाट सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
-
थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण
-
हानि तथा क्षतिका विषयमा संवेदनशील ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्नेमा जाेड
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण