टेकुमा रोयल इनफिल्डको अत्याधुनिक शोरुम
रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि अधिकारिक बिक्रेता अल्फा अटोमोटिभले राजधानीको टेकुमा अत्याधुनिक शोरुम निर्माण गरी मंगलबार संचालनमा ल्याएको छ। कम्पनीले यसअघि काठमाडौँको नक्साल र बालकुमारी पुलनजिकै पनि अत्याधुनिक दुई वटा शोरुम संचालनमा ल्याएको थियो ।
रोयल इनफिल्ड मोटरसाइकल शोरुम "वाइकर्स होमको" अवधारणामा निर्माण गरिएको कम्पनीले जनाएको छ। शोरुमबाट बाइक,राइडिंग गियर, जेनविन मोटरसाइकल एसेसरिज, स्पेयर पार्ट्स बिक्रि तथा बिक्रि पछाडिका सेवाको ब्यवस्था गरिएको छ।
अल्फा अटोमोटिभले आफ्नो एवं डिलर समेत गरि कम्पनी मापदण्डका हाल १८ वटा (टेकु, नक्साल, कोटेश्वर, पोखरा, बुटवल, धरान , इटहरी, बिर्तामोड, दमक, टाडी, सुर्खेत, भक्तपुर, राजविराज, जनकपुर, हेटौडा, नारायणगढ, दाङ र नेपालगंज ) शोरुम संचालन गरिरहेको छ भने थप ३ वटा (बीरगंज, बिराटनगर र धनगडी ) संचालनमा क्रममा रहेका छन् l
संचालनमा ल्याएर कुल २१ वटा शोरुमबाट बाइक बिक्रि, गियर एवं जेनविन एसेसरिज, स्पेयर पार्ट्स र सर्भिसिङ्ग लगायतका सेवा प्रदान गरिनेछ ।
रोयल इनफिल्ड सन् १९०१ देखि निरन्तर मोटरसाइकल उत्पादन र बिक्री वितरण गरिरहेको कम्पनी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण