कोटेश्वरको सडकमा फोहोर फाल्ने १६ जना पक्राउ, ७२ हजार रुपैयाँ जरिवाना
बुधबार, २७ भदौ २०८०, ११ : ४९
काठमाडौँ । महानगरपालिकाले सडकमा पजथाभावी फोहोर फाल्ने कार्यमा संलग्न १६ जनालाई पक्राउ गरेको छ । बुधबार बिहान कोटेश्वरमा फोहोर फ्याक्न पुगेका १६ जनालाई महानगर प्रहरी बलको टोलीले फोहोरसहित नियन्त्रणमा लिएको हो ।
फोहोर फाल्ने कार्यमा संलग्न १६ जनालाई प्रहरीले जरिवाना गराएर छोडेको छ । उनीहरुलाई जम्मा ७२ हजार रुपैयाँ जरिवाना गराइएको महानगर प्रहरी बलको भनाइ छ ।
फोहोमैला संकलन गर्ने गाडी प्रत्येक दिन बिहान ६ बजेपछि घरघरमा पुग्ने भएपनि बाटोमै फोहोर फालिनु गलत भएको भन्दै महानगरले कानुन पालना गर्दै सहर स्वस्थ राख्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण