हुण्डाइ एक्टर सार्वजनिक: चाँडै बुकिङ खुला हुने
काठमाडौँ । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकण्टिनेन्टलले भृकुटीमण्डपमा सञ्चालन भइरहेको नाडा अटोशोमा हुण्डाइ एक्टर सार्वजनिक गरेको छ ।
अर्थमन्त्री प्रकाश शरण महतबाट अनावरण गरिएको एसएक्स भेरियन्टको हुण्डाइ एक्सटर-एसयूभी चाँडै नै बुकिङ खुला गरेर बिक्री वितरण सुरु गरिने पनि कम्पनीले जनाएको छ। कम्पनी ले E, S,SX,SX(O) गरी चार भेरियन्टमा हुण्डाइ एक्सटर ल्याउने जनाएको छ।
हुण्डाइ एक्सटरमा आकर्षक ड्यासबोर्ड, उत्कृष्ट तरिकाले दिइएको एसी भेन्ट, इन्फोटेन्मेन्ट स्कृन, डोर ट्रिम लेआउट, क्लाइमेट कन्ट्रोल नब, थ्री स्पोक स्टेरिङ ह्वील र डिजिटल इन्ट्रुमेन्ट क्लष्टर पाउन सकिने कम्पनीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
हुण्डाइ एक्सटरमा क्रुज कन्ट्रोल, ६ वटा एयरब्याग, इलेक्ट्रीक शनरुफ, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर एसी भेन्ट, पुस स्टार्ट बटन, किलेस इन्ट्री जस्ता फिचरहरु दिएर फुल्ली लोडेड एसयूभी बनाइएको छ ।
बक्सी डिजाइनमा रहेको एक्सटरमा १.२ लिटर नेचेरल्ली एस्पीरेटेड इन्जिन, अलोय ह्वील, फ्यूचरिष्टीक डिजाइन, एच आकारमा आकर्षक डीआरएसएस दिइएको छ । यसैगरी यसमा १८५ एमएम ग्राउन्ड क्लेयरेन्स र १९.२ किलोमिटर प्रतिलिटर माइलेज पाउन सकिन्छ । कम्पनीले यसलाई ६ कलर अप्सनमा ल्याउने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण