सिद्धबाबालाई सुनसरी जिल्ला अदालतले दियाे दोस्रो पटक सफाइ
विराटनगर । सुनसरी चतराधामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले दोस्रो पटक सफाइ दिएको छ । उनलाई आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेको थियो ।
सुनसरी जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले बुधबार मागदाबी नपुग्ने भन्दै आरोपितले कसुरबाट सफाइ पाउने फैसला गरेको हो । अदालतका तहसिलदार भरतमणि पोखरेलका अनुसार गिरीविरुद्ध जिल्ला अदालत सुनसरीमा परेको जबरजस्ती करणी मुद्दामा निवेदकको माग नपुग्ने अन्तिम फैसला भएको छ । फैसलाको पाठ भने आइसकेको छैन । गिरीलाई सफाइ दिने सुनसरी जिल्ला अदालतको फैसला उल्ट्याएर पुनः सुरुदेखि नै सुनुवाइ गर्न उच्च अदालत विराटनगरले आदेश दिएको थियो । सोही आदेश अनुसार पुनः जिल्लाले दोस्रो पटक सुनुवाइ गर्दै सफाइ दिएको हो ।
एक महिला अनुयायीले २०७६ कात्तिक ४ गते किटानी जाहेरीपछि गिरीविरुद्ध मुद्दा दायर भएको थियो । सो मुद्दामा जिल्ला अदालतका न्यायाधीश अर्जुन कोइरालाको इजलासले २०७७ मंसिर २२ गते गिरीलाई सफाइ दिएको थियो । अनुयायी बलात्कार अभियोगमा पीडित स्वयंले ‘शरीर समर्पण’ गरेको भन्दै सुनसरी जिल्ला अदालतले उनलाई सफाइ दिएको थियो ।
न्यायाधीश कोइरालाले एकपक्षीय बहस सुनेको भरमा सफाइ दिएकोमा सुनसरी जिल्ला अदालतको सो फैसला त्रुटिपूर्ण रहेको ठहर गर्दै उच्च अदालत विराटनगरले २०७९ जेठ ३ गते जिल्लाको फैसला उल्ट्याएको थियो । उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारू र किरणकुमारी गुप्ताको संयुक्त इजलासले सिद्धबाबालाई सफाइ जिल्ला अदालतको फैसला प्रमाण ऐन विपरीत भएको ठहर गरेको थियो ।
जिल्ला अदालतले गैरन्यायिक शैलीमा फैसला गरेको भन्दै उच्च अदालतले जिल्लाको फैसला बदर गर्दै मुद्दा सुरुदेखि हेर्न जिल्ला अदालतलाई आदेश दिएको थियो । त्यसपछि २०७९ असार १४ पुनः जिल्ला अदालतमा मुद्दा दर्ता भएर सुनुवाइ सुरु भएको थियो ।
सोही मुद्दाको सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी नपुग्ने र गिरीलाई आरोपबाट सफाइ दिने फैसला सुनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण