हेटौँडामा दुई चिकित्सकमाथि हातपात
मकवानपुर । हेटौँडामा दुई चिकित्सकहरूमाथि हातपात भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको सन्चो अस्पतालमा उनीहरूमाथि हातपात भएको हो ।
हेटौँडा अस्पतालमा कार्यरत एनएस्थेसिया विभागका डा. प्रशान्त बिडारी र सन्चो अस्पतालमा कार्यरत विकास थापा माथि हातपात भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सन्चो अस्पतालमा बिरामी हेरेर फिर्कने क्रममा केही युवाहरूले उनीहरू माथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार गत साउन २५ मा डेंगुबाट मृत्यु भएका राजेश प्रधानका आफन्तले बुधबार अस्पतालमा पुगेर चिकित्सक माथि अचानक हातपात गरेका हुन् । हातपातबाट डा. बीडारीको आँखा र अनुहारमा चोट लागेको छ भने डा. थापाको गाला र अनुहार सुनिएको छ ।
उपचारमा लापरबाही गरेको भन्दै घटनाको एक महिना पछि मृतकका आफन्तले चिकित्सक माथि हातपात गरेका हुन् । हेटौँडा–१२ पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको डेंगुको कारण मृत्यु भएको थियो । मृत्यु हुनुभन्दा ३ दिन अघि प्रधानलाई हेटौँडास्थित सन्चो अस्पतालमा ल्याएको थियो ।
डेंगु सङ्क्रमणपछि घरमै आराम गर्ने गएका प्रधानको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि भरतपुर लगिएको थियो । प्रधानको उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको थियो । प्रधानलाई दोस्रो पटक डेंगु सङ्क्रमण पुष्टि भएको थियो भने उनलाई मधुमेह र उच्च रक्तचापको समस्या पनि रहेको थियो ।
प्रवक्ता भण्डारीका अनुसार घटना लगत्तै दुई पक्षलाई राखेर छलफल गराइएको र दुवै पक्ष कानुनी प्रक्रिया अनुसार अघि बढ्ने भएपछि डा. बिडारी र डा. थापाले जाहेरी दिने तयारी गरेका छन् । जाहेरी परेपछि थप प्रक्रिया अघि बढाउने उनले बताए ।
यता हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाका अनुसार घटनाबारे अनुसन्धानसहित दोषी माथि कारबाहीको माग गर्दै प्रहरी समक्ष जाहेरी दर्ता गर्ने तयारी भइरहेको छ । घटनास्थलको प्रमाणका आधारमा चिकित्सक माथि हातपात गर्ने सबैलाई पक्राउ गरी कारबाही गर्ने गरी उजुरी दर्ता गरिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण