शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सुनको मूल्य स्थिर, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घट्यो

बिहीबार, २८ भदौ २०८०, ११ : ३९
बिहीबार, २८ भदौ २०८०

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही कायम भएको हो । 
यस्तै आज तेजाबी सुनको मूल्य पनि सोही कायम हुँदै प्रतितोला एक लाख १० हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

तर चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै एक हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन बुधबार चाँदी प्रतितोला एक हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप