सीमान्तकृत समुदायका सवालमा एकजुट भएमात्र अधिकार सुनिश्चित : महिला सांसद
काठमाडौँ । बागमती प्रदेशका महिला सांसदले सीमान्तकृत समुदायका सवालमा सबै एकजुट हुन सके मात्र उनीहरुको हक अधिकार सुनिश्चित गर्न सकिने बताएका छन् । जागरण मिडिया सेन्टरले आयोजना गरेको बागमती प्रदेशसभाको लागि संविधान, संघीयता प्रणाली र कानून तर्जूमा सम्बन्धी आधारभूत विषयहरुमा बागमती प्रदेशका सीमान्तकृत समुदायका महिला सांसदसँग छलफल तथा अन्तरक्रियामा उनीहरुले साे कुरा बताएका हुन् ।
उनीहरुले महिला, दलित, जानजाति तथा अल्पसंख्यक समुदायको हिकमा ऐन तथा कानून निर्माण सीमान्तकृत समुदायका सांसदहरु एकजुट हुन आवश्यक रहेको औंल्याए ।
कार्यक्रममा संविधानसभाका सदस्य तथा जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले महिला तथा सीमान्तकृत समुदायका सांसदहरुको भूमिका प्रभावकारी बनाउन साझा मुद्धामा सांसदहरु बीच सहयोग र समन्वय खाँचो रहेको बताइन् । बागमती प्रदेशसभा सदस्य कुमारी तामाङले साझा मुद्धामा महिला सांसद एकजुट हुन सकेको अवस्था मात्र सीमान्तकृत समुदायको पक्षमा ऐन तथा कानून निर्माण गर्न खाँचो रहेको बताइन् ।
अर्की सांसद भुवनकेशरी श्रेष्ठले संघीय, प्रदेशका अधिकारमा अझै पनि अन्यौल रहेको बताइन् । अर्की सांसद सुना परियारले दलित समुदायका सवालमा गैरदलित समुदायका प्रदेशसभाका सदस्यहरु बोल्नुपर्ने बताइन् । कानुन व्यवसायी मोहन आचार्यले नेपालको संविधानका मुख्य विशेषता, संघीय राज्यको स्वरुप वा ढाँचा : विश्वको संक्षिप्त अनुभव, नेपालको सन्दर्भमा संघीय संरचनाको प्रकृति, विशेषता तथा विशिष्टता, कानून तर्जूमा सम्वन्धी अवधारणा, कानून निर्माण प्रक्रियाका सीमाहरुका विषयमा सहजीकरण गरेका थिए ।
त्यसैगरी प्रदेशको सन्दर्भमा, कानून तर्जूमाका आधारभूत सिन्द्धान्तहरु, विधायनको ढाँचा ः शब्द चयन र वाक्य संयोजन, प्रदेश तहमा कानून निर्माणमा देखा परेका मुख्य चुनौती विषयमा आचार्यले सहजीकरण गरेका थिए । कार्यक्रममा बागमती प्रदेशसभा सीमान्तकृत समुदायका महिला सांसदको उपस्थिति रहेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण