बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सेयर बजार

बैंकिङ क्षेत्र चम्किँदा बढेर बन्द भयो सेयर बजार, ४ अर्ब माथिको कारोबार

बिहीबार, १८ असार २०८३, १५ : १५
बिहीबार, १८ असार २०८३

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। आज नेप्से सूचक ८.७८ अङ्कले बढेर २,६६१.७१ विन्दुमा पुगेर बन्द भएको छ।

आज बजारमा ३५९ कम्पनीका कुल ८९ लाख ६४ हजार २२३ कित्ता सेयर कारोबारमार्फत ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार ७०० रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ।

आजको कारोबारको ट्रेन्ड हेर्दा बजार सुरुवाती समयमा केही ओरालो लागे पनि दिउँसो १:४५ पछि भने सुधारको लय समातेको थियो । बजार बन्द हुने समयमा परिसूचक उच्च विन्दुमा पुगेको थियो।

आज पाँच वटा कम्पनीको सेयर मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ ।

अपर लोहोरे हाइड्रोपावर र कलङ्गा हाइड्रो १५ प्रतिशतले वृद्धि हुँदा स्नो रिभर लिमिटेड र सानिगढ हाइड्रोपावर समेत सर्किट लेभलमा बढेका छन् । धवलागिरी लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयर समेत दोहोरो अङ्कले बढेको छ ।

परिसूचक सकारात्मक रहे तापनि आज बजारमा मूल्य बढ्नेभन्दा घट्ने कम्पनीको संख्या धेरै रहेको छ। कुल १०८ कम्पनीको मूल्य बढ्दा १५२ कम्पनीको मूल्यमा गिरावट आएको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ।

कारोबार रकमका आधारमा आज लक्ष्मी सनराइज बैंक अग्रस्थानमा रहेको छ। यस बैंकको ४१ करोड ३२ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ। त्यसैगरी एनआईसी एसिया डिबेन्चरको ४० करोड ७७ लाख र रसुवागढी हाइड्रोपावरको २५ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ।

समूहगत रूपमा आज बैंकिङ क्षेत्रमा उल्लेख्य सुधार आएको छ । उक्त समूह आज २.०४ प्रतिशतले बढेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप