आजका लागि बोलाइको बागमती प्रदेशसभाको बैठक स्थगित

मकवानपुर । विशेष कारण देखाउँदै बागमती प्रदेशसभा बैठक एक दिनका लागि पर सारिएको छ । शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक शनिबार दिउँसो ११ बजेका लागि सारिएको बागमती प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।
सचिवालयका अनुसार प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले विशेष कारणले शुक्रबारको बैठक चल्न नसक्ने र शनिबारका लागि बैठक बोलाउन निर्देशन दिएका थिए । सोही अनुसार सचिवालयले सूचना जारी गर्दै प्रदेशसभा बैठक सरिएको सचिवालयका प्रवक्ता मनोज गुप्ताले बताए । निर्देशन अनुसार बिहीबार नै सम्पूर्ण सांसदहरूलाई सूचना प्रवाह गरिएको उनले बताए ।
सचिवालयका अनुसारको शनिबारको बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने सोही बैठकमा प्रदेशसभामा पेस भएका विधेयकहरूलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ । प्रदेशसभामा पेस भएका विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०८० र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि दफावार छलफल तथा संशोधनका लागि समितिमा पठाइने छ ।
यसअघि भदौ २४ गते बसेको प्रदेशसभा बैठकमा सो विधेयकहरू पेस भई सैद्धान्तिक छलफल भएको थियो । बैठकमा शोक सभासमेत रहने प्रवक्ता गुप्ताले बताए । संविधान सभा अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास चन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्दै शनिबारको बैठक स्थगित हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
-
जेठ महिनाका लागि वाणिज्य बैंकको नयाँ ब्याजदर, कुन बैंकमा कति पाइन्छ ?
-
राजीनामा पत्र सार्वजनिक भएको २४ घण्टासम्म पार्टी र सभामुखलाई औपचारिक जानकारी छैन
-
नेपाली चेलीलाई दिल्ली पुर्याउन खोज्ने युवक पक्राउ
-
नटिङ्घम फरेष्टका नाइजेरियन स्ट्राइकर कोमामा
-
६ घण्टापछि नियन्त्रणमा आयो मखन टोलको आगलागी, एक जनाकाे मृत्यु (तस्बिरहरू)