प्रहरी समायोजन नभए संघीय सरकारविरुद्ध सर्वोच्चमा मुद्दा हाल्ने मन्त्री श्रेष्ठको चेतावनी
हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले विज्ञान र प्रविधिको जमानामा प्रहरीहरुले पनि सोही अनुरुप अन्तर्राष्ट्रिय तहको विज्ञान प्रविधिको प्रयोग गर्न जरुरी रहेको बताएका छन् ।
शुक्रबार मकवानपुरको पदमपोखरी प्रहरी चौकीको उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री श्रेष्ठले बागमती प्रदेशका प्रहरीहरुलाई अत्याधुनिक उपकरणले युक्त प्रविधि मैत्री बनाउँदै लैजाने बताए ।
मन्त्री श्रेष्ठले अहिलेको प्रहरीको क्षमतालाई गुणात्मक ढगले वृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले प्रहरीहरुलाई नागरिक मैत्री बनाउँदै लगिने बताए । उनले नागरिकहरु पनि प्रहरी मैत्री बन्न सक्नुपर्ने बताए ।
संघीय सरकारले २०८० भाद्र मसान्तसम्म प्रहरी समायोजन सम्पन्न गर्ने प्रतिबद्धता जनाएको बन्दै मन्त्री श्रेष्ठले प्रहरी समायोजन नभए संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने चेतावनी दिए ।
कार्यक्रममा सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पदमपोखरीमा प्रहरी चौकी स्थापना हुनु खुसीको कुरा भएको भन्दै यहाँ नागरिक र प्रहरीले समन्वय र सहकार्यमा कार्य गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा चौकी निर्माणमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण