तेस्रो जनआन्दोलनको तयारीमा छौँ : कमल थापा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले तेस्रो जनआन्दोलनको तयारी थालेको बताएका छन् ।
शुक्रबवार काठमाडौँमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले आफूहरुको आन्दोलन कसैलाई विस्थापित गर्नको लागि नभएको पनि बताए । उनले देशमा करिब डेढ दशकदेखि राज्यसत्ता कब्जा गरेर मुलुकमा भ्रष्ट व्यवस्था सञ्चालन गरिरहेकाहरूले जनताको व्यवस्था र अवस्थामा परिवर्तन गर्नेकुरा सम्भव नरहेको जिकिर गरे ।
अध्यक्ष थापाले सत्तामा कब्जा जमाएका भ्रष्ट शासकहरुको अकर्मण्यता, सत्ता लिप्सा र विदेशीको दलाली गर्ने आत्मसमर्पणवादी प्रवृत्तिले गर्दा अहिले सामान्य रोजगारीको निमित्त पनि नेपालको युवा जनसंख्याको आधाभन्दा बढी विदेश पलायन हुन बाध्य भएको बताए । लोकतन्त्रको आवरणमा केवल केही सीमित राजनैतिक दलहरुले नेपालमा सिण्डकेट तन्त्र कायम गरिरहेको उनको आरोप छ ।
अध्यक्ष थापाले देशको राष्ट्रिय अस्तित्व, स्वतन्त्रता र सार्वभौम सत्ता नै जोखिममा पर्नसक्ने खतरा रहेको उल्लेख गरे ।
अध्यक्ष थापाले सनातन धर्मको रक्षाका निमित्त उभिएका युवाहरुलाई अवाञ्छित किसिमबाट मुद्दा लगाएर कारबाही गर्ने प्रयास गरे चुप लागेर नबस्ने चेतावनी दिए । उनले भोटको लागि विदेशी डलरको लोभमा वा राजनीतिक स्वार्थका लागि अल्पसंख्यकहरुलाई रिझाउने नाममा बहुसंख्यक हिन्दु बुद्धिष्ट र किराँतीहरुलाई कमजोर बनाउने र हेप्ने काम भयो भने हिन्दु, बुद्धिष्ट र किराँतहरु चुप लागेर नबस्ने बताए । उनले चुप लागेर बस्नुलाई हिन्दुहरुको कमजोरी नठान्न चुनौती दिए ।
अध्यक्ष थापाले हिन्दुहरु सधैँ चुप लागेर बस्छन् भन्ने नठान्न चेतावनी पनि दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण