बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थतन्त्रलाई धान्न सहकारीको महत्त्वपूर्ण भूमिका : सभामुख घर्ती

शनिबार, ३० भदौ २०८०, १९ : २३
शनिबार, ३० भदौ २०८०

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले सहकारीले नेपालको अर्थतन्त्रलाई धान्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनले सरकारले लिएको तिन खम्बे अर्थ नीतिअनुसार सहकारीले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताएका हुन् ।

बुटवलस्थित फेवा बचत तथा ऋण सहकारी संस्थाको शनिबार आयोजित १५ औ वार्षिक साधारणसभाको उद्घाटन गर्दै  सभामुख घर्ती मगरले सहकारीले उत्पादनमा जोड दिनुपर्ने बताए । सञ्चालकहरूले इमानदारिता पारदर्शिता कायम गर्न सकेको खण्डमा मात्र सहकारीमा विश्वास जित्न सकिने बताए ।

कतिपय कृषि बहुउद्देश्यीय सहकारीले कृषिजन्य उत्पादनमा उदाहरणीय कार्य गरेको प्रसङ्ग निकाल्दै उनले सहकारीले सदस्यहरूलाई आर्थिक उपार्जनमा टेवा पुर्याउने गरी लगानी गर्न सुझाव दिए । संस्थाका अध्यक्ष प्रेमबहादुर गुरुङले सहकारीले संस्थाको नियमित कार्यबाहेक सामाजिक क्षेत्रका कार्यमा पनि उल्लेखनीय सहभागिता रहेको बताए ।

३ हजार ४ सय १६ शेयर सदस्य रहेको उक्त सहकारीमा ३१ करोड ८० लाख पुँजी रहेको छ ।  २० करोड ३५ लाख निक्षेप सङ्कलन गरी २७ करोड १२ लाख कर्जा लगानी गर्दा सहकारीले ५ करोड ३ लाख बढी कुल आम्दानी गर्न सफल भएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप