अर्थतन्त्रलाई धान्न सहकारीको महत्त्वपूर्ण भूमिका : सभामुख घर्ती
बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले सहकारीले नेपालको अर्थतन्त्रलाई धान्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनले सरकारले लिएको तिन खम्बे अर्थ नीतिअनुसार सहकारीले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताएका हुन् ।
बुटवलस्थित फेवा बचत तथा ऋण सहकारी संस्थाको शनिबार आयोजित १५ औ वार्षिक साधारणसभाको उद्घाटन गर्दै सभामुख घर्ती मगरले सहकारीले उत्पादनमा जोड दिनुपर्ने बताए । सञ्चालकहरूले इमानदारिता पारदर्शिता कायम गर्न सकेको खण्डमा मात्र सहकारीमा विश्वास जित्न सकिने बताए ।
कतिपय कृषि बहुउद्देश्यीय सहकारीले कृषिजन्य उत्पादनमा उदाहरणीय कार्य गरेको प्रसङ्ग निकाल्दै उनले सहकारीले सदस्यहरूलाई आर्थिक उपार्जनमा टेवा पुर्याउने गरी लगानी गर्न सुझाव दिए । संस्थाका अध्यक्ष प्रेमबहादुर गुरुङले सहकारीले संस्थाको नियमित कार्यबाहेक सामाजिक क्षेत्रका कार्यमा पनि उल्लेखनीय सहभागिता रहेको बताए ।
३ हजार ४ सय १६ शेयर सदस्य रहेको उक्त सहकारीमा ३१ करोड ८० लाख पुँजी रहेको छ । २० करोड ३५ लाख निक्षेप सङ्कलन गरी २७ करोड १२ लाख कर्जा लगानी गर्दा सहकारीले ५ करोड ३ लाख बढी कुल आम्दानी गर्न सफल भएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण