आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दीपिकालाई आमाको भूमिकाका लागि शाहरुखले कसरी फकाए ? सुनाए रोचक किस्सा

आइतबार, ३१ भदौ २०८०, १० : १९
आइतबार, ३१ भदौ २०८०

जवानमा प्रशंसकले दीपिका पादुकोणको त्यो अवतार देखे जसलाई सायद उनले अहिलेसम्म कुनै पनि सिल्भर स्क्रिनमा निभाएका छैनन् । दीपिकाले पहिलो पटक यो फिल्ममा आमाको भूमिका निभाएकी थिइन् । यद्यपि, दीपिकालाई शाहरुखले आमाको भूमिकाका लागि कसरी मनाए, त्यो किस्सा रोचक छ । 

शाहरुखले सुनाए किस्सा

जवान फिल्मको सफलतापछि आयोजना गरिएको पत्रकार सम्मेलनमा शाहरुखले यसबारे कुराकानी गरेका छन् । उनले भने, ‘दीपिका मेरो मनको निकै नजिक छिन् । एटलीले फिल्मको एक क्यामियोका लागि दीपिकालाई लिन चाहेको बताए । यसका लागि दीपिकालाई फकाइदिन उनले मलाई आग्रह गर्दा म थोरै हिचकिचाएको थिएँ । मलाई याद छ, पठानको सेटमा नै मैले दीपिकालाई यो फिल्मबारे कुरा गरेको थिएँ । यद्यपि, हामीले क्यामियोका लागि भनेर उनलाई पूरा फिल्ममा लियौँ । बिचरीलाई हामीले उल्लू बनाएका थियौँ ।’

deepika padukoneशाहरुखले थपे, ‘त्यस दिन हामी बेशर्म रंगको गीत सुटिङ गरिरहेका थियौँ । मैले उनलाई सेटमा हेरिरहेको थिएँ र नजिकै मैले मेरी म्यानेजर पूजालाई ‘दीपिका आमाको भूमिका ग्रेसफेल देखिनेछिन् भन्ने तिमीलाई लाग्दैन ?’ भनेर सोधेँ । मैले पूजालाई दीपिकालाई अर्को फिल्ममा आमाको भूमिका गर्न चाहन्छौ भनेर सोधिदिन आग्रह गरेँ । पूजा दुई सेकेन्डमा फर्किइन् र यसमा दीपिकाले स्वीकारोक्ति दिएको बताइन् । ‘शाहरुखले भनेका हुन् भने म तयार छु’ भनेर उनले भनेकी थिइन् । म उनको जवाफले चकित परेँ । दीपिकाले प्रमाणित गरिसकेकी छिन् कि उनी ठुलो अभिनेत्री हुन् ।’

यस्तै दीपिकाले पनि यसबारे आफ्नो अनुभव साझा गरेकी छिन् । उनले भनेकी छिन्, ‘म प्रोजेक्ट ‘के’ को सुटिङको सिलसिलामा हैदराबादमा थिएँ । एटली म भए ठाउँ आए र कथा सुनाउन थाले । कहानी सुनेको एक मिनेटमा नै मैले उनलाई ‘आफ्नो समय किन बरबाद गरिरहेको छौ’ भनेर सोधेँ । किनभने म यो भूमिकाका लागि तयार भइसकेको थिएँ । मेरा लागि लेन्थ महत्त्व राख्दैन । यसको प्रभाव आवश्यक छ । दोस्रो कुरा के हो भने शाहरुखप्रति मेरो प्रेम कति छ भन्ने कुरा सबैलाई थाहा छ, उनले भनेपछि म तयार भइहाल्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप