शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
विकास निर्माण

लुम्बिनी जाने बेथरी पुलको बेथिति, निर्माण उस्तै सुस्त

पुरानो ठेकेदार भन्दा नयाँबाट केही आस
आइतबार, ३१ भदौ २०८०, १२ : ०५
आइतबार, ३१ भदौ २०८०

बुटवल । भैरहवा विमानस्थलबाट ट्याक्सी भाडामा लिएर सोलुखुम्बुका अमित लामा र उनको परिवार गतहप्ता बुद्ध जन्मस्थल लुम्बिनी पुगेको थियो । उनीहरू  ट्याक्सीमा सरर लुम्बिनी गइरहेका थिए ।तर, जब बेथरी पुल आयो, तब गुरुले भ्mयाप्प ब्रेक लगाए । किनकि साँगुरोका कारण बेथरी पुलमा एकतर्फी मात्रै सवारी आगमन थियो । 

लुम्बिनी भेटिएका लामाले रातोपाटीसँग भने, ‘हामी लुम्बिनी घुम्न आउँदा अरू त ठिकै लाग्यो । तर, बाटोमा पुलको जामले गर्दा दिक्क बनायौ ।’अझै मोटरसाइकलमा गर्मीमा आउनेहरूपुलमा जाममा बस्दा दिक्क हुन्छन्।  

भैरहवा–लुम्बिनी सडक खण्डअन्तर्गत वनगाईस्थित बेथरी पुलमा जाम हुन थालेको धेरै वर्ष भएको छ । लुम्बिनी रोड फोरलेनको भए पनि उक्त पुल साँघुरो भएकाले सवारी साधन दोहोरो सञ्चालन हुन नसक्ने अवस्था छ ।

त्यस स्थानमा प्रहरीलाई पनि गाडी पास गराउन सास्ती हुने गरेको छ । कतिपय ठाउँमा पुल निर्माण गरेर सडक विस्तारको काम गरिन्छ तर बेथरीमा दुईवटा पुल निर्माणको कामै नगरी सडकको काम सकिएको हो । 

2

०७३ सालमा निर्माण सम्पन्न गर्न निर्माण कम्पनी पप्पु बागमती जेभी कन्स्ट्रक्सनले ०७१ असार २५ गते सम्झौता गरेको थियो । तर, उसले काम नगरेपछि गत वर्षदेखि नयाँ ठेक्का लगाएर रमण रियल होम ईन्फोटेक जेभी ललितपुरलेठेक्का पाएको छ । 

उसले पुसभित्र सक्ने गरी सम्झौता भएको उक्त पुल हेर्ने हुलाकी सडक आयोजना कपिलवस्तुका प्रमुख विष्णुबाबु पाण्डेले रातोपाटीलाई बताए । उनले भने, ‘दुइटामध्ये एउटा त शायद समयमा सकिएला तर अर्को भने पुरा गर्न अझै समय लाग्छ ।’ 

यसरी झन्डै एक दशकदेखि पुल निर्माणको काम सुस्त हुँदा त्यसको मारमा स्थानीयवासी र लुम्बिनी जाने, आउने पर्यटकलाई परेको पर्यटनविद प्राध्यापक डा.जितु गिरीले बताए।

5

लुम्बिनी विकास कोषका जनसम्पर्क अधिकृत एवं सूचना अधिकारी डा.हरिध्वज राईका अनुसारअन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि  विदेशी तथा स्वदेशी पर्यटकहरू सरर लुम्बिनी आऊन् भन्ने उद्देश्यले सडक फोर लेन बनाइयो ।तर, पुल निर्माण सुस्त भयो । लुम्बिनीबाट बुटवल आउने कतिपय मानिस त्यही पुलको जामले गर्दा रामापुरको बाटो हुँदै यात्रा गर्ने गरेका छन् ।

नयाँबाट केही प्रगति 
भैरहवा–लुम्बिनी सडक खण्डमा बेथरी पुल भनिए पनि यहाँ तिनाउ र डण्डा गरी दुईटा पुल छन्। नयाँ ठेकेदार कम्पनी रमण रियल होम ईन्फोटेक जेभी ललितपुरले १० करोडमा यही पुस मसान्तसम्म सक्ने गरी सम्झौता गरेको छ । 

3 (1)

हुलाकी सडक आयोजना कपिलवस्तुका प्रमुख विष्णुबाबु पाण्डेले नयाँ ठेकेदारबाट तिनाउ पुलको जग हाल्ने र अन्य संरचना बनाउने काम धेरै भएको बताए । उनले अव एक पटक ढलान गर्नुपर्ने अवस्था छ, त्यो अहिले नगरी वर्षापछि गर्ने तयारी ठेकेदारले गरेको खुलाए । 

यस्तै, अर्को डन्डा पुलको जग हाल्ने काम सम्पन्न भएको छ । ठेकेदार कम्पनीले पहिला एउटा पुल सम्पन्न गरेपछि अर्को गर्ने योजनासाथ काम गरेको उनको भनाई छ । पुरानो कम्पनीभन्दा नयाँले धेरै काम गरेकाले उत्साहित बनाएको उनको भनाई छ ।

76
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप