शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आउँछ : उद्योगसचिव मरासिनी

आइतबार, ३१ भदौ २०८०, १६ : ०३
आइतबार, ३१ भदौ २०८०

काठमाडौँ । सरकारले दसैँ, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने तयारी गरेको छ ।  

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले २/४ दिनभित्रै चाड पर्वलाई लक्षित गरेर सो पसल सञ्चालनमा ल्याउन लागिएको बताएका हुन् । 

आइतबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले मूल्यवृद्धिका मारमा परेका उपभोक्तालाई राहत पनि हुने भएकाले  सो पसल खोल्ने निर्णय भइसकेको जानकारी समेत दिए । 

असोज १ गतेदेखि नै सो पसल सञ्चालनमा ल्याउने निर्णय भएपनि आयात सम्बन्धी अन्य विषयका कारण केही ढिलाइ हुन जाने देखिएको पनि सचिव मरासिनीले बताए । उनले खुला बजार भएका कारण आम उपभोक्ताहरुले पनि सचेत भएर वस्तुको खरिदबिक्री गर्नुपर्ने अवस्था रहेको पनि बताए ।

सचिव मरासिनीले कालो बजारी हुन नदिनका लागि सरकारले अनुगमनको कामलाई तीव्रता दिने र दोषी भेटिए कारबाही गर्ने पनि बताए । उपभोक्ता सचेत भए मूल्यवृद्धिमा मारमा पर्ने अवस्था नरहेको पनि उनले बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप