राप्रपा नेपालले असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने

काठमाडौँ । राप्रपा नेपालले आगामी असोज ३ गते देशब्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । आज पार्टी अध्यक्ष कमल थापाको उपस्थितिमा बसेको समिक्षा बैठकले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता बोकेको भ्रष्ट शासकको पुत्ला जलाउन तथा राँके जुलुश प्रर्दशन गर्ने निर्णय गरेको छ ।
प्रदर्शनलाई ब्यापकता दिई अफल बनाउन पार्टीले पार्टीको जिल्ला कमिटी, भातृसंगठन र आमजनतालाई आह्वान समेत गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
आज बसेको बैठकमा गत भाद्र २९ गते भएको बिरोध प्रदर्शनको समिक्षा र भाबी कार्यक्रमको बारेमा छलफल भएको थियो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले अहिले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाले मुलुकलाई सड्ढटको दलदलमा फसाएकोले मुक्तिका लागि अब सडक संघर्षका माध्यमबाट ब्यबस्था परिवर्तनमा जोड दिए ।
‘यो व्यवस्था र प्रणालीले मुलुक बचाउन र बनाउन सकिन्न, अब आन्दोलनबाट नै सबै अटाउने ब्यबस्था ल्याउनुपर्दछ’ थापाले भने । बैठकमा पार्टीका पदाधिकारी सदस्य तथा जनवर्गीय संगठनका प्रमुखहरु र उपत्यकाका जिल्ला अध्यक्षहरुले आन्दोलनमा जान जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)
-
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी
-
फरक मत व्यवस्थापन गर्न नसक्दा माओवादीमा शृङ्खलाबद्ध टुटफुट
-
कुलेखानी तेस्रो जलविद्युत आयोजनाको युनिटमा समस्या
-
भारतमा रहेका नेपालीहरूलाई सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह