सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
डेडिकेटेड बस

४५ मिनेटको रत्नपार्क–सूर्यविनायक ‘डेडिकेटेड लेन’ : कुद्ने छन् यी २५ बस...

मङ्गलबार, ०२ असोज २०८०

काठमाडौँ । सरकारले सार्वजनिक यातायातलाई विश्वसनीय, छिटो र छरितो बनाउन काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म डेडिकेटेड लेनमा डेडिकेटेड बस चलाउने भएको छ । 

संविधान दिवसको अवसर पारेर असोज ३ देखि यो सेवाको उद्घाटनको तयारीमा मंगलबार सडकमा लेन निर्माणको काम धमाधम भइरहेको छ । 

ट्राफिक प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार उक्त लेनमा केही निश्चित बस चल्नेछन् । ‘बिहान ९ बजेदेखि ११ र दिउँसो ४ बजेदेखि ६बजेसम्म उक्त डेडिकेटेड बसहरु चल्नेछन् । यस्तै, केहीईमरजेन्सी सेवाकासवारी साधन पनि उक्त लेनमा चल्न पाउनेछन्,’ प्रहरी वरिष्ठ उपरीक्षक भट्टले भने, ‘यो नियमले गर्दा यात्रुहरुलाईसमयमै यात्रा गर्न सहज हुनेछ ।

नयाँ लेनको व्यवस्थाले सडक संकेत, सडक चिन्हका कारण दुर्घटना न्यूनीकरणमा पनि उत्तिकै सहयोग पु¥याउने छ । भट्टले भने, ‘यो सवारी आवागमनलाई र रोड ट्राफिकलाई व्यवस्थित गर्न बनाइएको हुनाले यसले दुर्घटना घटाउनेछ ।’

भट्टका अनुसार नयाँ लेनमा गुड्ने डेडिकेटेड सवारी साधनले ट्राफिक जामलाई खासै असर नगर्ने र छुट्टै लेनमा चल्ने सवारी साधन भए पनि ट्राफिक सिस्टममै चल्ने हुनाले ट्राफिक व्यवस्थापन अझ सहज हुनेछ । यद्यपि उक्त लेनमा चल्ने सवारी साधन अन्य सवारी साधनको तुलनामा छिटो गन्तव्यमा पुग्ने छन् ।

dedicated-lane

भक्तपुरको सूर्यविनायकदेखि काठमाडौँको रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालनको तयारी भइरहँदा सर्वसाधारण र सवारी चालक भने अन्यौलमा छन् । 

रातारात रङरोगन गरिएको देख्दा सर्वसाधारणमात्र होइन, ड्युटीमा खटिएका ट्राफिक प्रहरी स्वयं पनि अन्जानमा थिए । रातोपाटीको जिज्ञासामा एक ट्राफिक प्रहरीले भने, ‘खै रातारात सडकमा काम भइरहेको छ, के हो हामीलाई नै थाहा छैन।’

यद्यपि, यस विषयमा तीन महिना अघिदेखि नै योजना बनाएर काम अघि बढाइएको र संविधान दिवसकादिन उद्घाटन गर्ने तयारी रहेको भट्टले जानकारी दिए । यस विषयमा ट्राफिक एफएमबाट पनि सूचना प्रवाह भइरहेको र अन्य संचार माध्यमहरुमा पनि यस बारेमा सूचना प्रवाह भइरहेको पनि उनले जनाए ।

डेडिकेटेड लेनका लागि प्रधानमन्त्री कार्यालयको निर्देशनमा यातायात व्यवस्था विभागको पहलमा काम सुरु भएको छ । तत्कालको लागि उक्त रुटमा चलिरहेकै बसहरुमध्ये ३० वटा भन्दा बढी सिट क्षमता भएका २५ वटा बसलाई डेडिकेटेड रुटमा ५–५ मिनेटको अन्तरमा उक्त रुटमा छुट्ने गरी व्यवस्थापन गरिएको छ। 

उक्त २५ वटा बसहरू नेपाल यातायात व्यवसायी महासंघको सहकार्यमा सञ्चालनमा लागिएको हो । 

dedicated-lane1

उक्त बसमा द्रुत बससेवा भनेर लेखिएका बोर्डअगाडि र पछाडि राखिने र त्यसबाट यात्रुहरुलाई बस चिन्न र चढ्न सहज हुनेछ। ती बस रोकिने बसस्टपमा पनि द्रुत बस सेवाको बसस्टप भनेर राखिने पनि ट्राफिक प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए । 

यद्यपि,डेडिकेटेड बसस्टपमा अन्य सवारी साधन भने रोक्न पाइने छैन । यस्तै द्रुतसेवाको लागि छुट्याईएको लेनमा बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ४ बजेदेखि ६ बजेसम्म दु्रतबस सेवा बाहेककाअन्य सवारी साधन चलाउन पाइने छैन ।

विशेष गरी,ट्राफिकको रातो बत्तीमा पनि यस्ता बस रोकिनु नपर्ने र एम्बुलेन्स तथा अत्यावश्यक सवारी साधन जसरी नै गुड्न पाउने हुँदा सूर्यविनायकदेखि रत्नपार्कसम्मको यात्रा अवधि करिब ४५ मिनेटको हुने पनि भट्टले जानकारी दिए । 

dedicated-lane3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया