‘घरजग्गा व्यवसाय सुधार्न नीतिगत स्थिरता आवश्यक छ’
सारांश
- घरजग्गा कारोबार केही वर्षयता सुस्त रहेको छ र यस क्षेत्रमा नीतिगत स्थिरताको आवश्यकता छ।
- स्थानीय निर्वाचन, सरकार परिवर्तन र राष्ट्र बैंकका कडा नीतिहरूले घरजग्गा व्यवसायको गतिमा असर पारेको छ।
- घरजग्गा व्यवसायले मुलुकको पुँजी परिचालन र अन्य उद्योगहरूलाई पनि सहयोग पुर्याउँछ।
काठमाडौँ । केही वर्षयता घरजग्गा कारोबारमा सुस्त छ । सरकारले पनि घरजग्गा कारोबारलाई माथि उठाउने गरी नीति बनाएको छैन । घरजग्गा कारोबार नहुँदा अहिले कतिपय व्यवसायीले लगानीको क्षेत्र नै परिवर्तन गरेका छन् भने कतिपय सरकारको नीतिगत व्यवस्थाको पर्खाइमा छन् ।
घरजग्गा कारोबार सुस्त बन्दा मुलुकको समग्र अर्थतन्त्रमा कस्तो असर पारेको छ ? व्यवसायीहरू सरकारको कस्तो नीतिको पर्खाइमा छन् ?
रातोपाटीको ‘द इकोनोमिक एडिट’मा जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले तीन-चार वर्षदेखि घरजग्गा व्यवसायको क्षेत्र अन्योलमा परेको बताए । अहिलेको बजारलाई हेर्दा कारोबार पूर्ण रूपमा ठप्प नभएपनि अपेक्षाकृत छैन । राजस्व संकलनको हिसाबले अघिल्लो वर्षभन्दा यो वर्ष धेरै देखिएको उनी बताउँछन् ।
‘यसले कारोबार भइरहेको देखाउँछ, तर जुन लयमा हुनुपर्ने त्यो छैन । विगत तीन–चार वर्षदेखि यो क्षेत्र एक प्रकारको अन्योलमा छ,’ घिमिरे भन्छन्, ‘स्थानीय तहको निर्वाचन, सरकार परिवर्तन र राष्ट्र बैंकका केही कडा नीतिहरूका कारण यो क्षेत्रले गति लिन सकेको छैन ।’ घरजग्गा व्यवसाय जमिनको खरिद–बिक्री मात्र नभई मुलुकको पुँजी परिचालन गर्ने र अन्य सयौँ उद्योगलाई प्राण दिने क्षेत्र भएको उनी बताउँछन् ।
विस्तृत भिडियोमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण