पहिचान पक्षधरको विराटनगरमा मोटरसाइकल र्याली
मङ्गलबार, ०२ असोज २०८०, १९ : ४७
_1ygScZZqkJ.jpg)
विराटनगर । प्रदेशको नाम कोशी नामकरण गरेपछि असन्तुष्ट बनेको पहिचान पक्षधरले विराटनगरमा मंगलवार मोटरसाइकल र्याली निकालेका छन् । सुनसरीको इटहरीदेखि मोटरसाइकल र्यालीमा विराटनगर आएका उनीहरुले विरोध प्रदर्शन र कोणसभा गरे ।
उनीहरूले ‘कोशी नाम खारेज गर’, ‘मुख्यमन्त्री राजीनामा दे’ लगायतका नारा लगाएका थिए ।
जिल्ला प्रशासन कार्यालय मोरङले भने सोमवारदेखि विराटनगर महानगरपालिकाका केही स्थानमा दुई महिना सम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।
वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै नेतृत्वको सरकार रहेको बेला प्रदेशसभाले फागुन १७ गते प्रदेशको नाम कोशी राखेको थियो । त्यस यता पहिचान पक्षधरहरुले प्रदेश १ पुनः नामकरण संघर्ष समिति निर्माण गरी आन्दोलन र विरोध गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य बनाउन माग
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज