संविधानको रक्षा र सार्थक कार्यान्वयनको पक्षमा काम गर्नुपर्छ : उपाध्यक्ष पौडेल

कैलाली । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको संविधानको रक्षा र यसको सार्थक कार्यान्वयनका पक्षमा काम गर्नुपर्नेमा जोड दिएका छन् ।
संविधानसभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको स्मृतिमा आज धनगढीमा आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा पौडेलले स्व सुवासको नेतृत्वदायी भूमिकाकै कारण जारी हुन सफल भएको यो संविधानको रक्षा र सार्थक कार्यान्वयनको जिम्मेवारी पनि हाम्रै काँधमा आएको बताए ।
दुनियाँका उत्कृष्ट लोकतान्त्रिक संविधानको सूचीमा नेपालको संविधान रहेको उल्लेख गर्दै उनले भने, “यो संविधान निर्माणमा स्व नेम्वाङले खेल्नुभएको भूमिका अतुलनीय छ ।”
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेलेका सुवास आफ्नो कर्मका कारण सुवास छर्नमा सफलता पाएको बताए ।
नेपाली कांग्रेसका नेतासमेत रहेका शाहले संविधानको मर्मलाई गाउँ बस्तीमा पुर्याउन सकेका छौँ/छैनौँ भन्नेमा सबैले गम्भीर हुने बेला आएको बताउँदै यसको पूर्णपालनातर्फ सबै लाग्नुपर्नेमा जोड दिए ।
नेकपा (माओवादी केन्द्र) का नेता खगराज भट्टले संविधानसभाका अध्यक्ष नेम्वाङको निधनले नेपाली राजनीतिमा एकता, सहमति, मेलमिलाप र सहकार्य गर्न सक्ने नेता गुमाउनुपरेको बताए ।
एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्मा, नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका कार्यवाहक अध्यक्ष लोकराज अवस्थीलगायतका वक्ताले संविधान निर्माणका बेला स्व नेम्वाङले खेलेको भूमिकाबारे चर्चा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवल–गोरुसिङ्गे सडक विस्तार : शिलान्यास भएको ४ महिनामा ९ प्रतिशत भौतिक प्रगति
-
वीरगञ्ज नाकाबाट पाँच खर्ब छ अर्बको आयात, ७९ अर्ब निर्यात
-
अनलाइनबाट नागरिकताको सिफारिस दिँदै सिमकोट गाउँपालिका
-
धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट
-
पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा
-
बिजुली र सिँचाइ सेवामा सुधार गर्न विश्व बैंकको सहयोग