जरिन खान विरुद्ध पक्राउ पुर्जी जारी, के हो पूरा घटना ?
बलिउड अभिनेत्री जरिन खान अहिले फिल्मबाट टाढा छिन् तर उनी कुनै न कुनै कारणले चर्चामा भने आइरहन्छिन् । कहिले उनी आफ्नो व्यावसायिक जीवनका कारण चर्चामा आइन् भने कहिले निजी जीवनका कारण । यसैबीच उनी बारे अर्को एउटा खबर भारतीय समाचार माध्यमले प्रकाशित गरेका छन् ।
मिडिया रिपोर्टका अनुसार कोलकाताको एक अदालतले जरिन खानविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । वास्तवमा उनीमाथि ठगीको आरोप लागेको छ ।
किन समस्यामा छिन् जरिन खान ?
जरिन खानको मुद्दा निकै पुरानो हो । वास्तवमा सन् २०१८ मा उनी विरुद्ध मुद्दा दर्ता भएको थियो । उनी विरुद्धको उजुरीमा उनले कोलकातामा भएको दुर्गा पूजा कार्यक्रममा प्रस्तुति दिनुपर्ने तर उनी त्यहाँ उपस्थित नभएको उल्लेख छ । यति मात्र होइन, कोलकाता र उत्तर २४ परगनामा ६ वटा काली पूजा कार्यक्रममा नगएको भन्दै उनी विरुद्ध उजुरी परेको थियो ।
यसपछि इभेन्ट म्यानेजमेन्ट कम्पनीले नायिका र उनको म्यानेजरविरुद्ध नार्केलडांगा प्रहरी चौकीमा उजुरी दिएपछि उनीहरूलाई सोधपुछका लागि बोलाइएको थियो । तर नायिका सोधपुछका लागि पनि नगएको र उनले कार्यक्रम आयोजकले गलत जानकारी दिएको आरोप लगाइन् ।
जरिन खानले आफ्नो बचाउमा आयोजकहरूले उनलाई बंगालका मुख्यमन्त्री लगायत धेरै मन्त्रीहरू कार्यक्रममा सहभागी हुने बताए पनि पछि उनको टोलीले त्यो कार्यक्रम निकै सानो स्तरको भएको थाहा पाएको बताइन् । यी कारणले उनले सो छोड्ने निर्णय गरेको स्पष्टीकरण दिइन् । रिपोर्टका अनुसार मुद्दा दर्ता भएपछि जरिनले न जमानतको लागि निवेदन दिएकी थिइन् न त अदालतमा हाजिर भइन् । बारम्बार अदालतको बोलावट बेवास्ता गरेपछि अदालतले जरिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको जानकारीमा उल्लेख छ ।
पक्राउ पुर्जी जारी भएपछि जरिनको बयान
अदालतबाट पक्राउ पुर्जी जारी भएपछि जरिन खानले इन्डिया टुँडेसँगको कुराकानीमा भनिन्, ‘यसमा कुनै सत्यता छैन भन्ने कुरा मलाई थाहा छ । खासमा म निकै अचम्ममा परेको छु र मेरो वकिलले यस विषयमा अनुसन्धान गरिरहेका छन् । त्यसपछि मात्रै म यो विषयमा राम्रोसँग भन्न सक्षम हुनेछु । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण