राप्रपा नेपालद्वारा शान्तिपूर्ण विरोध प्रदर्शन
काठमाडौँ । राप्रपा नेपालले देशव्यापीरुपमा आज शान्तिपूर्ण विरोध प्रदर्शन गरेको छ। संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्था मौलाएको तथा राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनासहित संघियताको खारेजीको माग राख्दै राप्रपा नेपालले विरोध प्रदर्शन गरेको हो।
प्रदर्शनको क्रममा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता बोकेको भ्रष्ट शासक र भ्रष्ट व्यवस्थाको पुत्ला दहन समेत गरिएको प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिए। शान्तिपूर्ण प्रदर्शनमा विभिन्न जिल्लाहरुमा प्रहरी प्रशासनले धरपकड र हस्तक्षेप गरेको भन्दै राप्रपा नेपालले भत्सर्ना गरेको छ।
काठमाडौँमा पार्टीका जिल्ला अध्यक्ष श्याम घिमिरे, सहायक महामन्त्री धनबहादुर थापा, ट्रेड युनियन महासंघका केन्द्रीय महासचिव आनन्द रिसाल, केन्द्रीय सदस्य कृष्ण कार्की तथा हेटौँडामा पार्टी जिल्ला सचिव भृगु कार्कीसहित रमेश
चौँलागाई, रोम सापकोटा, नवराज अधिकारी, कृष सापकोटा र कृष्चल सापकोटालाई प्रहरीले पक्राउ गरेको छ। शान्तिपूर्ण प्रदर्शनमा पक्राउ गरिएका सबैलाई रिहा गर्न राप्रपा नेपालले माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण