चिनियाँ लि हासोङ्गले दुबईबाट ल्याएका थिए भेपमा लुकाएको सुन
काठमाडौँ । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको आरोपमा कृष्ण बहादुर महराका छोरा राहुल थुनामा छन् । दुबईबाट चिनियाँ नागरिकले सुन ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छाडेपछि राहुलले सुन छुटाउन भूमिका खेलेको आरोप छ ।
सुन ल्याउने समूहसँग राहुल महराको ‘कनेक्सन’ देखिएको छ । २०७९ पुस १० मा काठमाडौँ ल्याएको सुन चिनियाँ नागरिकले दुबईबाट ल्याएको केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआईबी’ले गरेको अनुसन्धानबाट थाहा भएको छ । सुन लुकाएको ७३० वटा भेप चिनियाँ नागरिक लि हासोङ्गले त्रिभुवन विमानस्थलसम्म ल्याएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसएसपी दिनेश आचार्यले रातोपाटीलाई बताए । उनले भने–‘दुबईबाट चिनियाँ नागरिक हासोङ्गले सुन ल्याएर विमानस्थल भन्सारमा छाडेको देखिन्छ ।’
त्यसपछि सुन छुटाउन चिनियाँ तस्कर दाओजिन वाङले पूर्व सभामुख कृष्ण बहादुर महरालाई गुहारेका हुन् । दुबईबाट तस्करी गरेर सुन ‘ल्याउने समूह’मा राहुल संलग्न रहेको केन्द्रीय अनुसन्धान ब्युरोको निष्कर्ष छ । अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार सुन ल्याउने चिनियाँ नागरिक लुई र दाओजिन वाङसँग राहुलको ‘कनेक्सन’ देखिएको छ ।
भेपमा सुन ल्याउने समूहका आसिन पेङ र दाओजिन वाङ ६० किलो सुन तस्करीमा पनि संलग्न देखिएका छन् । सुन ल्याउने समूहका आसिन, दाओजिन वाङ र लि हासोङ्ग तिनैजना फरार छन् । फरार चिनियाँको खोजीका लागी ब्युरोले चिनियाँ राजदुतावास सँग सहयोग मागेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन भन्सार प्रमुख अरुण पोखरेलले शंका नगरेको भए सो भेप हात्तिगौंडा स्थित गोदाममा जान्थ्यो । सह–सचिव पोखरेलले शंका लागेपछि त्यसबारे अनुसन्धान गर्न सिआईबीलाई पत्र लेखेका थिए । हात्तिगौंडाको गोदाम दाओजिनले संचालन गरेका हुन् । हात्तिगौंडा स्थित तस्करको गोदाममा सिआईबीले छापा मारेको छ ।
राहुलले लुकाए प्रमाण
भदौ १३ मा पक्राउ पर्दा राहुलको साथमा पुरानो मोबाइल थिएन । राहुलले पहिलेदेखी बोकेको आइफोन लुकाएका छन् । पक्राउ पर्दा उनको साथमा हुवावेको मोबाइल भेटिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्–‘प्रमाण लुकाउन मोबाइल परिवर्तन गरेको भेटिएको छ ।’ राहुलको मोबाइल प्रहरीले डिजीटल फरेन्सिक ल्याबमा परीक्षण गर्न पठाएको छ ।
भेप प्रकरणमा बिहिबार सिआईबीले जिवन कुमार गुरुङसँग बयान लिएको छ । सुन तस्करी गर्ने समूहसँग सम्पर्क देखिएपछि उनलाई सोधपुछ गरिएको अनुसन्धान संलग्न एकजना अधिकृतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण