विश्वकपका लागि नसिम शाह बिनाको पाकिस्तानी टोली
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताका लागि पाकिस्तानले आफ्नो टोलीको घोषणा गरेको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले शुक्रबार बाबर आजमको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
घाइते भएका कारण तीब्र गतिका बलर नसिम शाहलाई विश्वकप टोलीमा समावेश गरिएको छैन । उनी हालै सम्पन्न एसिया कपका क्रममा घाइते भएका थिए । प्रभावशाली बलर नासिम शाहको स्थानमा टोलीमा हसन अलीलाई समावेश गरिएको छ ।
विश्वकपका लागि घोषित पाकिस्तानी टोलीमा बाबर आजम (कप्तान), सदाब खान, फाखर जामन, इमाम उल हक, अब्दुल्लाह सफिक, मोहम्मद रिजवान, साउद सकिल, इफ्तिखार अहमद, सलमान अली अघा, मोहम्मद नवाज, उसमा मिर, ह्यारिस रउफ, हसन अली, साहिन शाह अफरिदी र मोहम्मद वसिम रहेका छन् ।
आगामी आईसीसी एकदिवसीय विश्वकपका लागि हालसम्म आठवटा राष्ट्रले आफ्नो टोलीको घोषणा गरिसकेका छन् । अब दुईवटा राष्ट्र श्रीलंका र बंगलादेशले मात्र विश्वकपका लागि टोलीको घोषणा गर्न बाँकी छ । आगामी विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदैछ । विश्वकपमा कुल ४८ खेल खेलाइने छ । विश्वकपका खेलहरु १० वटा रंगशालामा हुनेछन् ।
विश्वकपका लागि यसअघि घोषित इङ्ल्यान्डको टोलीमा जस बट्लर (कप्तान), मोइन अली, गस एट्किन्सन, जोनी बेयरस्ट, ह्यारी ब्रुक, साम कुर्रान, लियाम लिभिङ्स्टोन, डेविड मलान, अदिल रसिद, जोए रुट, बेन स्टोक्स, रिसे टपली, डेभिड विली, मार्क उड र क्रिस वाक्स रहेका छन् । अफगानिस्तानको टोलीमा हसमतुल्लाह साहिदी (कप्तान), इब्राहिम जदरान, रहमानुल्लाह गुरबाज, रहमत शाह, रियाज हसन, नजिबुल्लाह जदरान, मोहम्मद नाबी, इकरम अलिखिल, अजमतुल्लाह ओमरजाई, रसिद खान, अब्दुल रहमान, नुर अहमद, मजिब उर रहमान, फजालहक फारुकी र नविन उल हक रहेका छन् ।
यसैगरी न्युजिल्यान्डको टोलीमा केन विलियम्सन (कप्तान), मार्क च्यापम्यान, डेभोन कोनवे, ट्रेन्ट बोल्ट, म्याट हेनरी, टम लाथम, लोकी फर्गुसन, जेम्स निसाम, ग्लेन फिलिप्स, ड्यारल मिचेल, मिचेल सान्टनर, इश सोढी, राचिन रविभन्द्र, टिम साउथी र विल योङ रहेका छन् । त्यस्तै अस्ट्रेलियाको टोलीमा प्याट कुमिन्स (कप्तान), स्टिभ स्मिथ, एलेक्स केरी, जस इनग्लिस, सिन एबोट, एस्टन अगार, क्यामरुन ग्रिन, जस हेजलउड, ट्राभिस हेड, मिचेल मार्स, ग्लेन म्याक्सवेल, मार्कुस स्टाइनिस, डेभिड वार्नर, एडम जाम्पा र मिचेल स्टार्क रहेका छन् ।
यसैगरी दक्षिण अफ्रिकी टोलीमा टेम्बा बाभुमा (कप्तान), जेराल्ड कोएट्जी, क्विन्टन डी कक, रिजा हेन्ड्रिक्स, मार्को जानसेन, हेनरिच क्लासेन, सिसान्डा मागाला, केशव महाराज, आइडेन मारक्रम, डेभिड मिल्लर, लुङ्गी एनगिडी, एनरिच नोर्टेज, कासिगो राबाडा र टाबरिज सामसी, रासी भान डेर डुसान रहेका छन् । यसैगरी भारतीय टोलीमा रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, इशान किसन, केएल राहुल, हार्दिक पाण्डेया (उपकप्तान), सूर्यकुमार यादब, रविन्द्र जडेजा, अक्सर पटेल, सार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सामी, मोहम्मद सिराज र कुलदिप यादव रहेका छन् ।
यसैगरी नेदरल्यान्ड्सको टोलीमा स्कट एडवार्डस (कप्तान), कोलिन एकरम्यान, सारिज अहमद, वेस्ली बारेसी, लोगन भान बीक, आर्यन दत्त, साइब्रान्ड एङ्गलब्रेच्ट, रायन क्लेइन, बास डे लिडे, पल भान मिकेरन, रोएलोफ भान डेर, तेजा निदामानुरु, म्याक्स ओ’डड, विक्रम सिंह र साक्विब जुल्फिकर छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण